Logo

लकडाउन पछि १० हजार भन्दा बढी विदेशी फर्के आफ्नै देश, नेपाल फर्कनेको संख्या ६५४ जना

लकडाउन पछि १० हजार भन्दा बढी विदेशी फर्के आफ्नै देश, नेपाल फर्कनेको संख्या ६५४ जना



काठमाडौं । कोरोनाको महामारीसँगै लकडाउन पछि नेपालमा फसेका बिभिन्न देशका ९ हजार ६३५ जना नागरिकहरु स्वदेश फर्केका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार लकडाउन पछि नेपाल छोड्नेको संख्या १० हजार ४ सय २३ जना रहेका छन । जस मध्ये ९ हजार ६३५ जना विदेशी रहेका छन भने ७८८ जना नेपाली रहेका छन ।

लकडाउन पछि हवाई मार्गबाट नेपालमा आउनेको संख्या भने ६५४ जना रहेको छ । शुक्रबार कुवेतबाट आउने १४२ जनासहित नेपाल आउनेको संख्या ६५४ जना पुगेको हो । शुक्रबारसम्ममा नेपाल आउने नेपालीहरु भने म्यानमारबाट २६ जना, दुबईबाट १६८ जना, अष्ट्रेलियाबाट ११ जना, जापानबाट ७ जना तथा कुवेतबाट ४ सय ४२ जना रहेका छन ।

विश्वभर फैलिएको कोरोना भाईरसका कारण नेपालमा लकडाउन भएको आज ८१ औं दिन पुगेको छ । लकडाउनको बेला सरकारले भने कुनै पनि आन्तरिक वा अन्तरराष्ट्रिय उडान गर्न दिएको छैन । तर यस अघि परराष्ट्र मन्त्रालयको अनुमतिमा नै बिभिन्न हवाई कम्पनीहरुले उडान गरिरहेका थिए ।

परराष्ट्रको अनुमतिमा प्राधिकरणले उडान अवतरणको लागि अनुमति दिँदै आए पनि पछिल्लो समयमा भने सरकार आफैंले अनुमति दिने गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन । लकडाउन सुरु भए पछि नेपाली हवाई सेवा कम्पनी नेपाल वायुसेवा निगम, हिमालय एयरलाईन्स, बुद्ध एयर र श्री एयरलाईन्सले अन्तरराष्ट्रिय उडान गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार अन्तरराष्ट्रिय उडान गर्नेमा सबै भन्दा बढी निगमको जहाजले ३८, हिमालय एयरलाईन्स २१, श्री एयर ५ र बुद्ध एयरले २ उडान गरेको छ । लकडाउनको अवधिमा बिहीबारसम्म कुल अन्तरराष्ट्रिय उडान भने ११८ ओटा रहेको छ । जस मध्ये कतार एयरको मात्रै १६ उडान रहेका छन भने अन्य बाँकी बिभिन्न विदेशी हवाई कम्पनीको रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL