Logo

बालुवाटारमा विज्ञ बोलाएर छलफल गर्दै प्रधानमन्त्री, लकडाउन खुकुलो बनाउने संकेत

बालुवाटारमा विज्ञ बोलाएर छलफल गर्दै प्रधानमन्त्री, लकडाउन खुकुलो बनाउने संकेत



काठमाडौ । कोरोना महामारी नियन्त्रण तथा लकडाउनलगायतका आगामी राणनीति तय गर्नका लागि विज्ञहरुसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार आज दिउँसो ४ बजेका लागि विज्ञहरुलाई बालुवाटार बोलाइएको छ ।

laxmi

प्रधानमन्त्री ओलीले आजसम्म गरेका कामको मूल्यांकन गर्दै आउने दिनमा गर्नुपर्ने कामबारे विज्ञहरुसँग परामर्श गर्ने तयारी गरेको सल्लाहाकार थापाले जानकारी गराएका छन् ।

बैठकमा विभिन्न क्षेत्रका विज्ञहरूका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मुख्यसचिव लोकदर्शन रेग्मी, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत सरकारी अधिकारी सहभागी हुनेछन् ।

त्यस्तै, कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे छलफलका लागि प्रधानमनत्रीले अर्थशास्त्रीहरुलाई पनि निम्त्यमएक छन् । बैठकममा लागि पूर्वअर्थसचिव रामेश्वर खनाल, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पीताम्बर शर्मा, दिनेश देवकोटा, मीनबहादुर श्रेष्ठ, स्वर्णिम वाग्लेलगायत सहभागी हुनेछन् ।

त्यसैगरी मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, जनस्वास्थ्य विज्ञहरु डा। शरद वन्त, महेश मास्के, अरुणा उप्रेती, समीरमणि दीक्षित, अर्जुन कार्कीलगायतलाई आमन्त्रण गरिएको छ ।

लामो समयदेखि जारी लकडाउनका कारण समग्र देश प्रभावित छ । यस्तोमा सरकारले जेठ ३२ सम्म लागु गरेको लकडाउनको व्यवसायी तथा सर्वसाधारणले अवज्ञा गर्न थालेपछि
सरकार दबाबमा छ । आज विज्ञहरुसँग छलफलपछि प्रधानमन्त्रीले लकडाउन खुकुलो पार्न सम्बन्धित निकायलाई निर्देशन दिनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL