Logo

साना व्यवसायीको आयकरमा ७५ प्रतिशतसम्म छुट, पर्यटन व्यवसायीलाई २० प्रतिशत

साना व्यवसायीको आयकरमा ७५ प्रतिशतसम्म छुट, पर्यटन व्यवसायीलाई २० प्रतिशत



काठमाडौं । सरकारले साना तथा लघु उद्योगको आयकरमा ७५ प्रतशितसम्म छुट दिने घोषणा गरको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्नका लागि साना व्यवसायीहरुलाई उकास्नका लागि कारोबारको आधारमा २५ देखि ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।

बजेटमार्फत लघु घरेलु र साना उद्योगीलाई लाग्ने आयकरमा वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीलाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने करदातालाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको हो ।

यसैगरी लघुउद्यमलाई आयकरको छुटको अवधि थप २ वर्ष थप गरी ७ वर्ष कायम गरिएको छ भने महिला उद्यमिद्वारा सञ्चालित लघुउद्यम ३ वर्ष थप गरी १० वर्ष पुर्याइएको छ । साथै लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट( हटाइएको जानकारी दिए ।

यसैगरी सरकारले पर्यटन व्यवसायीलाई पनि आयकरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । कोरोनाले प्रभाव पारेको क्षेत्रका व्यवसायीहरुलाई चालु आर्थिक वर्षको आयकरमा २० प्रतिशत छुट दिने घोषणा सरकारले गरेको हो ।

विशेगरी कोरोनाबाट बढी प्रभावित भएका हवाई सेवा, होटल, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवयासीलाई आर्थिक वर्ष २०७६/७७ को आय विवरण अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको उनले जानकारी दिए ।

यसैगरी सरकारले पर्यटन, ढुवानी तथा चलचित्र घरलाई भ्याट तथा कर दाखिला गर्ने समयलाई चौमासीक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL