Logo

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिदै, अनुमोदनका लागि मन्त्रिपरिषद बैठक बस्दैं

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिदै, अनुमोदनका लागि मन्त्रिपरिषद बैठक बस्दैं



काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजे राजश्व र आयको विवरण (बजेट) प्रस्तुत गर्नेछन् ।

नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।

नीति तथा कार्यक्रममा प्राथमिकतमा राखिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसहित कृषि र रोजगारी लगायतका क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याइने छ ।

आज प्रस्तुत हुने बजेट अनुमोदनका लागि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको । सो बैठकले आजै संसदमा पेश हुने बजेट अनुमोदन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL