Logo

लकडाउनमा पनि बैदेशिक लगानी प्रतिवद्धतामा थप सुधार, स्वदेशी लगानी प्रतिबद्धता भने खुम्चियो

लकडाउनमा पनि बैदेशिक लगानी प्रतिवद्धतामा थप सुधार, स्वदेशी लगानी प्रतिबद्धता भने खुम्चियो



काठमाडौं । विश्व कोरोना भाईरस (कोभिड–१९) महामारीको चपेटामा छ । विश्वका एकतिहाई देशमा यसको संक्रमण फैलनबाट बच्न भौतिक दूरीसहितको लकडाउन लागु गरिएको छ । विश्वभर लकडाउनका कारण उद्योग क्षेत्रमा कामदारको संख्या पुर्याउन नसक्दा कलकारखानाहरु संचालन हुन सकेका छैनन् ।

तर, नेपालमा लकडाउनको अवधिमा पनि वैदेशिक लगानी प्रतिबद्धता भने आईरहेकै छ । उद्योग विभागका अनुसार नेपालमा लकडाउन सुरु भएको दिन अर्थात गत चैत्र ११ गतेयता मात्रै १ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

अन्य क्षेत्रमा लगातार असर परिरहे पनि लकडाउनको अवस्थामा पनि वैदेशिक लगानी प्रतिवद्धता भने आएको विभागले जानकारी दिएको छ । लकडाउनको २ महिनाको अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता भने पर्यटन क्षेत्रमा आएको छ ।

विभागका अनुसार गत फागुन १ गतेदेखि चैत ४ गतेसम्म नेपालको पर्यटन क्षेत्रमा ४५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । साथै अर्काे धेरै लगानी प्रतिबद्धता आएको क्षेत्र भने सेवा क्षेत्र हो । जसमा विभिन्न २ परियोजनामार्फत २० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।
मंगलबार संसदमा आर्थिक बर्ष २०७६–७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दे अर्थमन्त्री डा. युवराज खतिवडाले गत आर्थिक बर्षको तुलनामा चालु आवको फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धतामा १ सय ६५ प्रतिशतले वृद्धि हुँदै २९ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताएका छन् । तर पछिल्लो समय अर्थात लकडाउन अवधिभर विभिन्न १५ ओटा परियोजनामा १ अर्ब बढीको लगानी प्रतिवद्धता आएको हो ।

गत आवको आँकडा अनुसार उक्त अवधिमा ९५ करोड बराबरको मात्रै वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । जुन लकडाउनको अवधिको तुलनामा करिव ६ करोडले कम हो ।
यस्तै लकडाउन अवधिभर स्वदेशी लगानीमा पनि त्यस्तै २९ अर्ब ९३ करोड रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको छ ।

विभागको तथ्यांक अनुसार गत फागुन १ गतेदेखि चैत ७ गतेसम्म विभिन्न ३७ ओटा उद्योगमार्फत उक्त स्वदेशी लगानी प्रतिबद्धता आएको छ । गत बर्षको सोही अवधिको आँकडा हेर्दा १ खर्ब ७ अर्ब बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको देखिन्छ । चालु आवमा गत चैत ७ गतेदेखि भने स्वदेशी लगानी ठप्प भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL