Logo

कोरोनाभाईरसबाट विकासशील देशहरुमा युवाहरुको मृत्यु डरलाग्दो, यसकारण देखिदैछ थप जोखिम

कोरोनाभाईरसबाट विकासशील देशहरुमा युवाहरुको मृत्यु डरलाग्दो, यसकारण देखिदैछ थप जोखिम



काठमाडौं । पछिल्लो समय कोरोना भाईरस (कोभिड–१९) का कारण युवावर्गहरु पनि धेरै प्रभावित हुँदै गएको देखिएको छ । विकासशील देशहरुमा कोरोना भाईरसका कारण मृत्यु हुने युवकको संख्यामा वृद्धि भएको एक अध्ययनले देखाएको हो ।

laxmi

कोरोना भाईरसले विकाससील देश जस्तै भारत, ब्राजिललगायतका देशलाई बढीभन्दा बढी पिरोलिरहेको छ । यस्ता देशहरुमा हजारौं मानिसहरु अस्पतालमा भर्ती भएका छन् । जसमा खासगरी युवाहरुमा बढीभन्दा बढी भाइरसको संक्रमण देखिएको छ ।

ब्राजिलमा कुल संक्रमितमध्ये ५ प्रतिशत ५० बर्षमुनि उमेरसमूहका मानिसहरुको निधन भएको छ । जुन ईटाली र स्पेनको तुलनामा १० गुणाभन्दा बढी हो । यस्तै २५ देखि ४९ बर्ष उमेरसमुहका मानिसको निधन हुने संख्या अन्यको तुलनामा १ चौथाईले बढी छ ।

यस्तै पछिल्लो समय हटस्पटको रुपमा अघि बढेको भारतमा पनि ६० बर्षदेखि कम उमेर समुहमा मानिसको निधन अन्यको तुलनामा आधा छ ।

यस्तै ट्रेन्ड अस्पतालमा भर्ना हुनेहरुमा पनि लागु भएको छ । ब्राजिलको रियो द जेनेरियोमा ४९ बर्ष कम उमेर समुहका मानिसहरु बढीभन्दा बढी अस्पतालमा भर्ना भएका छन् । जुन अन्यको तुलनामा १ तिहाईले बढी छ । यस्ता देशहरुमा गरिबीका र असमानताका कारण यस्तो घटना बढेको विज्ञहरुको भनाई छ ।

भारतमा भने घना गरीबी बस्तीका कारण यस्तो समस्या निम्तिएको अध्धयनले देखाएको छ । विश्वकै सबैभ्न्दा ठूलो स्लम एरिया भनिएको धारावीलगायतका घनाबस्तीमा सामाजिक दूरी कायम गर्न पनि समस्या भएका कारण युवा वर्गहरु यसको शिकार हुन पुगेका छन् ।

महामारीको प्रथम चरणमा वृद्ध मानिसहरुको मृत्यु दर बढी भएको उल्लेख गरिएको थियो । तर महामारीले जरो गाड्दै जाँदा २० देखि ४४ बर्षीय युवाबर्ग यसबाट बढी पीडीत बन्दै गएको देखिएको छ ।

यस्तै अर्काे एक तथ्यांकअनुसार अमेरिकामा भने अश्वेत समुह भाइरसबाट शिकार हुने गरेको देखिएको छ । काला जातीहरुस्वास्थ्यको क्षेत्रमा पछि भएका कारण यस्तो समस्या बढ्दो रहेको पनि अध्ययनले देखाएको छ । बिजनेस इन्साइडरबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL