Logo

बिहानै थप १० जनालाई कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१

बिहानै थप १० जनालाई कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१



काठमाडौं । नेपालमा आज बिहानै थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहानै रौतहटमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

laxmi

रौतहट फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जनाएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज नयाँ १० जनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । उनका अनुसार कोरोना संक्रमितको संख्या नेपालमा २९१ जना पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL