Logo

फेरि कहिले शुरू होला विश्वमा पहिलेजस्तै घुमफिर, कहिले खुल्छ पर्यटन ?

फेरि कहिले शुरू होला विश्वमा पहिलेजस्तै घुमफिर, कहिले खुल्छ पर्यटन ?



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण करिब दुई महिनायता विश्व ठप्प छ । धेरैजसो देशरुले लकडाउन घोषणा गरेका कारण विश्वभरको हवाई उडान लगभग ठप्प अवस्थामा छ । यस्तोमा अवस्थामा दैनिक देश–बिदेशको भ्रमणका लागि निस्कने पर्यटकहरु आफ्नो घुमफिरका योजना रद्द गरेर घरमै थन्किन विवश भएका छन् ।

laxmi

लाखौं हवाइजहाजहरु बिमानस्थलमा यत्तिकै थन्किएका छन् । पर्यटन उद्योग पूरै ठप्प अवस्थामा छ । होटल, रेष्टुराँलगायत पर्यटकका लागि सञ्चालनमा रहेका व्यवसाय बन्द छन् । पर्यटन क्षेत्रमा काम गर्ने करोडौं व्यवसायी, कामदार प्रभावित भएका छन् र दैनिकै खर्बौ रुपैयाँको व्यवसाय प्रभावित भएको छ ।

कहिले शुरु होला त ट्राभल ?

पहिले जसरी नै ट्राभल कहिले शुरु हुन्छ भन्नेमा अहिले कुनै निश्चित अनुमान गर्न गाह्रो छ । यसका विभिन्न कारणहरु छन् । ट्राभलका लागि सबैभन्दा पहलिा लकडाउन हट्न आवश्यक छ । जस्तो ब्रिटेनले यात्राबिरूद्ध हालको सल्लाह एफसिओ (फरेन एण्ड कममनवेल्थ अफिस) हटाउन आवश्यकता पर्दछ ।

यदि तपाईं यस सल्लाहको बिरूद्ध यात्रा गर्नुहुन्छ भने तपाईकोे आफ्नो ‘ट्राभल इन्सुरेन्स’ अवैध हुनेछ । केही अन्य देशहरूले यस्तै ‘ट्राभल एडभाइजरी’ (यात्रा सल्लाह) जारी गरेका छन् ।
अहिले धेरैले पर्यटन उद्योग पुनः जुलाई र अगस्ट अगावै शुरु हुने बताइरहेका छन् । यो समयमा पुनः यात्रा गर्न सक्षम हुनेछौं भनेर भविष्यवाणी गरिरहेका छन् भने केहीले सेप्टेम्बर पछाडि बढी सम्भावना छ भनेर सुझाव दिइरहेका छन् ।

कसरी शुरु होला ?

यो ‘स्वीच अन’ गरेजस्तो हुने छैन र हामी तत्कालै पहिलेजस्तै जहाापनि ट्राभल गर्न सक्ने छैनौं । धेरै देशहरूले तुरुन्तै पर्यटक भित्र्याउन चाहने छैनन् र अब अवस्था सामान्य छ भन्ने लागेमामात्र पर्यटकहरूको लागि ढोका खोल्नेछन् । यदि पर्यटकका लागि ढोका खुला गरे भनेपनि त्यहाँ विभिन्न ठाउँमा विभिन्न प्रतिबन्धहरू हुन सक्छन ।
केहि देशहरू, जस्तै अष्ट्रेलियाले लामो समयसम्म पर्यटन बन्द रहने घोषणा गरेको छ । यद्यपि यी देशहरू भित्रका पर्यटन व्यवसायीहरू पर्यटकको स्वागत गर्न व्याकुल हुनेछन र व्यवसाय जारी राख्न प्रयास भने गर्नेछन । उनीहरूले पर्यटन खोल्नको लागि आफ्नो सरकारहरूको पैरवी गरिरहेका हुनेछन् ।

पर्यटनका लागि यातायात प्रदायकहरूले फेरि मार्गहरू सञ्चालन गर्नु आवश्यक छ र यो एक रातमा हुन पनि सक्दैन । जस्तो एयरलाइन्स उद्योग हेर्नुहोस, अहिले धेरै विमानहरू ग्राउण्डेड अवस्थामा राखिएको छ । जबसम्म सम्बन्धित उडान गन्तब्यका लागि पर्याप्त यात्रुहरु हुँदैनन् तबसम्म एयरलाइन्स सञ्चालन हुन गाह्रो पर्नेछ । अर्कोतर्फ रेलहरू, फेरीहरू र क्रुज जहाजहरू पनि कम मात्रमात्र पर्यटक भएसम्म सेवा संचालन गर्न सक्षम हुने छैनन् ।

विकल्प के ?

कहिले र कहाँ हामी यात्रा गर्न सक्दछौं भन्नेबारे अहिले कुनै ग्यारेन्टी छैन् । त्यसैले यो निश्चित गर्नुहोस् कि तपाईले अब बुक गर्नुभएका कुनै पनि चीज सजिलो र उपयोगी हुन सक्छ यदि आवश्यक छ भने । यदि तपाईंले आफ्नो बुकिङ रद्द गर्नुपर्यो भने के तपाईं पूरै रकम फिर्ता पाउनुहुन्छ ? यस्तो विषयमा ध्यान पुर्याउनुहोला ।

अवसर के हुन सक्छन ?

अहिलेको अवस्था समाधान भएपछि पर्यटकका लागि विभिन्न अवसरहरु पनि आउन सक्छन् । पर्यटक आकर्षणका लागि विभिन्न देश तथा व्यवसायीहरुले आगन्तुकहरुलाई प्रोत्साहित गर्न आकर्षक छुट प्रदान गर्न सक्नेछन् । अर्कोतर्फ, अन्य व्यवसायहरूले महामारीको आर्थिक प्रभावसँग जुध्नका लागि आफ्नो दरहरू वृद्धि गर्न पनि सक्नेछन् ।

अहिलेको अवस्थामा एयरलाइन्स उद्योग विशेष गरी नराम्ररी घाटामा गएको छ र चेतावनी दिइएको छ कि त्यो घाटाको संयोजनको साथसाथै सामाजिक दूरी कायम राख्न सीटहरु घटाउनुपर्ने अवस्थामा प्रारम्भमा ठूलो मूल्य वृद्धि पनि हुन सक्दछ ।

सुरक्षाको बारेमा के ?

पर्यटन क्षेत्र शुरु भएसँगै याात्राका लागि सोच्नुपर्ने के छ भने यात्रुले सामाजिक दूरी र स्वच्छताको बारेमा कति ध्यान दिनु आवश्यक छ ? पर्यटन क्षेत्र सेवाको क्षेत्र भएकाले धेरैजसो गतिविधी धेरैको लागि एकैपटक सेवा प्रदान गरिन्छ ।

यस्तोमा जिम्मेवार व्यवसायहरूले आफैं अभ्यास गरिएको सामाजिक दूरीको अपेक्षा गर्न सक्नुहुन्छ । कतिपय कुरामा भने तपाई आफै सचत हुनुपर्दछ । जस्तो ‘जब तपाईं चुम्बन गर्ने संस्कृतिबाट हुनुहुन्छ तब सामाजिक दूरी गाह्रो हुन्छ !’

धेरै होटलहरूले लकडाउनमा हुँदा राम्रो सफार्ई व्यवस्था गरिरहेका छन् र सामाजिक दूरीका नयाँ प्रोटोकलहरू राम्रोसँग लागू गर्न तयारी गरिरहेका छन् । जसले तपाईको एयरपोर्ट स्थानान्तरणबाट तपाईलाई सुरक्षित राख्नका लागि गर्ने गतिविधिहरूमा सबै हेर्दै आएका छन् ।

मुख्य कुरा सधै, सावधानीका साथ तपाइले आफ्नो ट्राभल एजेन्ट छनौट गर्नुहोस । आफुलाई लागेका प्रश्नहरू पहिल्यै सोध्नुहोस र आफ्नो चिन्ताबारे पहिल्यै प्रष्ट हुनुहोस । तर, यात्रा गर्दा सबैभन्दा बढी तपाईको सामान्य विवेक प्रयोग गर्नुहोस् ।- wanderlust.comबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL