Logo

‘लकडाउन’ आजदेखि १६ औं दिनमा : लकडाउन उल्लंघन गर्ने सयौं प्रहरी कारवाहीमा, सवारी साधन प्रहरीको नियन्त्रणमा

‘लकडाउन’ आजदेखि १६ औं दिनमा : लकडाउन उल्लंघन गर्ने सयौं प्रहरी कारवाहीमा, सवारी साधन प्रहरीको नियन्त्रणमा



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १६ औं दिन हो । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । तर, पछिल्लो दिनमा केही स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ ।

सरकारले लकडाउनका दोश्रोपटक लागि आजसम्मको अवधि बढाएको थियो भने सोमबारमात्र थप एकसाताका (आगामी बैशाख ३ सम्म) लागि लकडाउनको समय थपेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन्। गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । लकडाउनको समय बढेसँगै उल्ङ्नलंघ गर्नेको सङख्या बढदै गएको देखिएको छ।

?उश्र यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ ।
लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् । त्यतिमात्र होइन बिना काम घरबाहिर निस्केर पक्राउ पर्ने पनि धेरै छन् । लकडाउन उल्लंघन गर्नेहरु काठमाडौं उपत्यकाबाट थुप्रै पक्राउ परेका छन् । बुधबार बिहान मात्रै काठमाडौंबाट ३२० पुरुष र ९७ महिला गरी ४ सय १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरबाट पनि पक्राउ परेका छन् । ९५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । भक्तपुरमा भने कोही पक्राउ परेनन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार २४ घण्टामा लकडाउन उल्लंघन गर्ने ६३८ दुई पाङ्ग्रे र ५६ वटा चार पाङ्ग्रे गरी ६९४ वटा सवारी नियन्त्रणमा लिइएको थियो । त्यसमध्ये ६१७ जनालाई छाडिएको छ । ८१ सवारी अझै नियन्त्रणमा रहेका छन् । सम्झाइबुझाइ उनीहरुलाई निश्चित समयपछि छाडिएको प्रहरीले बताएको छ । सरकारले गरेको लकडाउनलाई व्यवस्थित गराउने क्रममा ट्राफिक प्रहरीले मानिससंगै सवारी नियन्त्रणमा लिँदै आएको छ ।

अत्यावश्यक बाहेकका सवारीलाई कार्वाही गरिएको हो । मानिसका हकमा तीन घण्टा जहाँ नियन्त्रणमा लिइयो त्यहीं रोकेर राख्ने गरिएको छ । ट्राफिक प्रहरीले गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

आजपनि लकडाउनका कारण धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले आजदेखि लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रूपमा लागू गर्दै घरमै बस्न सरकारले पुनः अपिलसमेत गरेको छ । उच्च सतर्कता अपनाउँदै लकडाउनलाई कडाइँ गरिने सरकारका प्रवक्तासमेत रहेको मन्त्री डा खतिवडाले बताए । एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमन पनि आइतबारदेखि रोकिने सरकारले निर्णय गरिसकेको छ ।

यस्तै, सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्यापिड टेस्ट किट प्रयोग गरेर कोरोनाको परीक्षण पनि थालेको छ । र्यापिड टेस्ट कीटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुनः पीसीआर टेस्ट गर्ने निर्णय भएको उनले बताए । शनिबार नै कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये कैलालीमा संक्रमित महिला नेपालभित्रै संक्रमण भएकी पहिलो व्यक्ति हुन् । यसअघिका सबै जना संक्रमित विदेशबाट आएका थिए । यसले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सरकारले मास स्केलमा परीक्षण सुरु गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL