Logo

किन फैलिएन नेपालजस्ता देशहरुमा कोरोनाको महामारी ? अनुसन्धानबाट आयो यस्तो निष्कर्ष

किन फैलिएन नेपालजस्ता देशहरुमा कोरोनाको महामारी ? अनुसन्धानबाट आयो यस्तो निष्कर्ष



काठमाडौं । पछिल्लो समय कोरोना (कोभिड–१९) को महामारले आक्रान्त बनेको अमेरिकाको एक अनुसन्धान टोलीले विभिन्न देशमा कोरोनाको प्रभाव विश्लेषण गर्नका लागि एक सुत्र परिचानल गर्यो । उक्त सुत्रले विभिन्न देशमा बच्चाहरुलाई लगाईने क्षयरोगविरुद्धको बेकीलस क्यालमेट ग्युरिन (बीसीजी) खोपले कोरोना भाईरस विरुद्धको काम गरिरहेको पत्ता लगायो ।

laxmi

उक्त सुत्रका अनुसार बच्चालाई बीसीजी खोप लगाउन छोडेका या नलगाउने देशहरुमा भने कोरोना भाईरसका कारण मृत्यु हुनेहरुको संख्या बढी छ । हाल अमेरिका, ईटाली, स्पेन र फ्रान्सलगायतका देशहरुमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या प्रतिरक्षा प्रणाली नीति राम्रा भएका देश जस्तै भारत र चीनको तुलनामा बढी छ ।

हाल अमेरिका, ईटाली तथा स्पेनमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या कोरोना भाईरसको ईपिसेन्टर मानिएको चीनको तुलनामा बढी पुगिसकेको छ ।
स्वास्थ्य विज्ञानसम्बन्धी एक सर्भरका अनुसार बच्चैमा बीसीजी खोप लगाउने नीति भएका राष्ट्रहरुमा कोरोनाका कारण मृत्यु हुने मानिसहरुको संख्या ज्यादै न्यून छ । उक्त खोप लगाउने प्रचलन केही देशहरुको संस्कारको रुपमा स्थापित भईसकेको छ ।

यस्तै बच्चाहरुलाई बीसीजी खोप लगाउने नीति धेरै पछि मात्रै लागू गरेका केही देशमा पनि कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ज्यादै बढी छ । जस्तै ईरानले सन १९८४ मा मात्रै बीसीजी खोप लगाउने नीति लिएको थियो जहाँ मृत्युदर ज्यादै बढी छ । तर यहाँ भने कोरोनाका कारण मृत्यु हुनेहरुमा बढी वृद्धवृद्धाहरु रहेका छन । अध्ययनका अनुसार बीसीजी खोपले एक किसिमले कोरोना भाईरस विरुद्धको पनि काम गरिरहेको उल्लेख छ ।

हाम्रै छिमेकी देश भारतले सन १९४९ देखि बालबच्चालाई निशुल्क बीसीजी खोप लगाउने नीति लिएको थियो । सोहीअनुसार हालसम्म भारतका २ करोड ६० लाख बालबच्चामध्ये करिव ९७ प्रतिशत बालबच्चाहरुले निशुल्क बीसीजी खोप पाएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सन २०१५ मा बीसीजी खोप पाउने बालबच्चाको संख्या ९२ प्रतिशत थियो । जुन हालसम्मम बढेर ९७ प्रतिशत पुगेको छ । हाल भारतमै बीसीजी खोप बन्ने गर्दछ जुन प्रति भाईल १ सय भारतीय रुपैयाँ पर्छ ।

सर्वव्यापी प्रतिरक्षा कार्यक्रमका अनुसार उक्त खोप ५ बर्षमुनिका बालबच्चालाई लगाईन्छ । यो खोप नयाँ बच्चाका लागि १ बर्ष पुगिसकेपछि लगाईन्छ ।
बीसीजी खोपमा एम माइक्रोब्याक्टेरियम बोभिस हुन्छ जुन क्षयरोगविरुद्ध महत्वपूर्ण भुमिका खेल्दछ । यसले प्रतिरक्षा प्रणालीलाई अझै बलियो बनाउँछ जसका कारण श्वासप्रश्वाससम्बन्धी विभिन्न रोगहरुविरुद्धको काम गर्दछ । अष्ट्रेलिया, नेदरल्याण्ड, जर्मनी तथा बेलायत गायतका देशहरुले हाल बीसीजी खोपले गर्ने प्रतिरक्षा प्रणालीका लागि काम गर्नेबारे अध्ययन गर्ने घोषणा गरेका छन् ।

अष्ट्रेलियाले गत शुक्रबार आफ्ना ४ हजार बढी श्वासप्रश्वाससम्बन्धी बिरामी हुनसक्ने डाक्टर र नर्सहरुमा यसको परिक्षण गर्ने घोषणा गरेको छ । यस्तै नेदरल्याण्डले विभिन्न ८ अस्पतालका १ हजार बढी कामदारहरुमा बीसीजी खोपको परिक्षण गर्ने बताएको छ ।

बीसीजी खोपले हाम्रो शरिरमा भएका प्रतिरक्षाको काम गर्ने विभिन्न सुचकहरुलाई बढोत्तरी गर्न काम गर्ने काम गर्दछ । यसले कोरोना भाईरसको फैलावटलाई रोक्नका लागि पनि ठुलो सहयोग पुर्याउने बैज्ञानिकहरुले पत्ता लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL