Logo

के विश्वव्यापी बजारलाई पुनर्जीवित गर्न खडा होला चीन ?

के विश्वव्यापी बजारलाई पुनर्जीवित गर्न खडा होला चीन ?



काठमाडौं । महामारीका कारण विश्व अर्थतन्त्र सन २००८ को आर्थिक मन्दितीर धकेलिएको छ । सेयरबजारहरु ह्वात्तै ओरालो लागे । विश्व अर्थतन्त्र मन्दी र बेरोजगारी समस्यातीर दिनप्रतिदिन लम्किदैछ ।

laxmi

विभिन्न नीतिनिर्माता, लगानीकर्ता तथा विज्ञहरुले एउटै प्रश्न खडा गरेका छन, के चीनले आफ्नो अर्थतन्त्र पुरानै अवस्थामा फर्काउन सक्ला ? हाल विश्वभर फैलिएको महामारीको उद्गमस्थल हो चीन । हाल विश्वभरी यसको महामारी फैलिरहेको बेलामा चीनमा भने यसको रोकथाम भईसकेको छ । यातायातका साधनहरु चल्न थालेका छन । विजुली उत्पादनका लागि कोईलाको प्रयोग बढेको छ । सेयरबजारहरु खुलेका छन् ।

तर हाल विश्व र चीनलाई छुट्टाछुट्टै तुलना गर्दा आकाशपातालको फरक आउँछ । चीनले सन २००८ को मन्दीमा ५९० विलियन डलरको प्याकेज घोषणा गरेको थियो जुन कुल ग्राहस्थ उत्पादनको १३ प्रतिशत थियो । यस्तै अमेरिका र जापानले पनि उक्त समय १ सय ५२ विलियन र १ सय विलियन डलरका प्याकेज घोषणा गरेका थिए ।

चीनले आर्थिक मन्दीपछिकै धेरै अर्काे समस्या आईपरेको विज्ञहरुका भनाई छ । यसलाई ‘बीग बजुका’ नाम दिईएको छ । चीनको कुल बैंकिग सम्पत्ती २००८ को तुलनामा २०१९ को अन्त्यसम्ममा ४ दशमलव ५ प्रतिशतले बढेको छ । यस्तै विश्व जीडीपीमा चीनल आफ्नो योगदान ३ गुणाले बढाएको छ । जसको मतलब चीनले पछिल्लो समय प्रशस्तै उधारो लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL