Logo

नेपालमा कोरोना सक्रमित बढ्दै, धनगढीमा भेटियो अर्को कोरोना भाइरस संक्रमित व्यक्ति

नेपालमा कोरोना सक्रमित बढ्दै, धनगढीमा भेटियो अर्को कोरोना भाइरस संक्रमित व्यक्ति


बिजखबर संवाददाता
2.3k
Shares

काठमाडौं । नेपालमा आज पनि कोरोना भाइरस संक्रमति फेला परेको छ । शुक्रबार धनगढीमा थप एकजना कोरोना भाइरस संक्रमति व्यक्ति फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले जानकारी दिए ।

laxmi

यस अघि नेपालमा तीन जनालाई कोराना भाइरसको संक्रमण भेटिसकेको छ । संयुक्त अरव इमिरेट्स (दुवई)को रोजगारीबाट फर्किएका युवालाई कोरोनाको संक्रमण भएको भेटिएको हो ।

हाल उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको समेत तिवारीले जानकारी दिए ।

िविदेशबाट फर्किएका अन्य युवाहरुपनि कोरोना भाइरसको संक्रमण हुन सक्नेभन्दै सरकारले सोमबारबाट कारोना परिक्षणलाई द्वूत गतिमा अघि बढाउने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL