Logo

उच्चस्तरीय संयन्त्रको बैंठक: लकडाउनको समय बढाउने तयारी थाल्न सम्बन्धित मन्त्रालयलाई निर्देशन

उच्चस्तरीय संयन्त्रको बैंठक: लकडाउनको समय बढाउने तयारी थाल्न सम्बन्धित मन्त्रालयलाई निर्देशन



काठमाडौं । सरकारले लकडाउनको समय बढाउने भएको छ । शुक्रबार बसेको उच्च स्तरीय समन्वय समितिको बैंठकले लकडाउनको समय बढाउने सम्बन्धमा थप तयारी थाल्न सम्बिन्ध मन्त्रालयलाई निर्देशन दिएको हो ।

laxmi

बैंठकमा कोरोना भाइइरसको संक्रमणबाट बच्न लक डाउनको अवधि बढाउने विषयमा छलफल भइएको अर्थ एवं सूचना, संचार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बैंठकपछि जानकारी दिए ।

सरकारले हालका चैत ११ देखि १८ गतेसम्मका एक हप्ताका लागि लक डाउन गर्ने निर्णय गरेको छ । तर पछिल्लो समय हवाइ तथा स्थल मार्गबाट स्वदेश फर्किएका व्यक्तिहरुमा कोराना भाइरस देखिएपछि पुनः लकडाउनको समय बढाउनेका लागि तयारी थाल्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो ।

हाल भारतले पनि कोरोना संक्रमणलाई रोक्न २१ दिनको लकडाउनको घोषणा गरी कार्यान्वयनमा ल्याएको छ । तर, आज भएको उच्च स्तरीय सम्न्वय समितिको बैंठकले कति दिनका लागि थप लकडाउनको समय थप्ने भन्ने विषयमा भने निर्णय गरेको छैन ।

यसैगरी बैंठकले विदेश पढ्न गएका विद्यार्थीका लागि अभिभावकलाई पैसा साटेर पठाउने व्यवस्था गर्ने निर्णय समेत गरेको छ भने अत्यावश्यकीय सामाग्रीको उत्पादन तथा त्यस्ता सामाग्रीलाई उपभोक्ताको घरसम्म पुर्याउन सहजिकरण गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL