Logo

‘लकडाउन’ को दोस्रो दिन : बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति, घर बाहिर ननिस्कन आग्रह

‘लकडाउन’ को दोस्रो दिन : बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति, घर बाहिर ननिस्कन आग्रह



काठमाडौं । कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको आज दोस्रो दिन पनि देशैभर शून्यता छाएको छ ।

आज पनि बिहानैदेखि सडकहरुमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

बिहानैदेखि काठमाडौंलगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्ले उपस्थिति रहेको छ । लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् ।

तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको छ । सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारावाही गरेको छ ।

त्यसैगरी अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड गर्नेहरुलाई पनि प्रहरीले तितरबितर पारेर घर फर्काएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले मंगलबारसम्म भारतबाट आएका नेपालीहरुलाई छोड्ने तर आजबाट पूर्ण प्रवेश निषेध गर्ने निर्णय गरेको थियो ।

सोअनुसार आजबाट नेपाल भित्रिने समपूर्ण नाकासमेत पूर्ण रुपमा बन्द गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भारतभर २१ दिनको लकडाउन घोषणा गरिसकेकाले पनि नेपाल भित्रिन चाहनेहरु पनि नेपाल आउन नसक्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL