Logo

कोरोना असर : नेपालका सबै ट्रेकिङ बन्द गर्ने टानको निर्णय

कोरोना असर : नेपालका सबै ट्रेकिङ बन्द गर्ने टानको निर्णय



काठमाडौं । कोरोनाको प्रभाव बढ्दै गए पछि ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल टानले ट्रेकिङ सम्बन्धि सबै काम बन्द गर्ने निर्णय गरेको छ ।

टानका महासचिव सरिता लामाले कोरोनाका कारण नेपालभरका सम्पूर्ण ट्रेकिङ ब्यवसायी बन्द गर्न लागेको बताएकी छिन । उनले अर्को सुचना नआएसम्मको लागि बन्द गर्ने गरि नेपाल पर्यटन बोर्ड र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र काटीसकेको जानकारी दिएकी छिन ।

कोभिड १९ (कोरोना भाईरस) को महामारी फैलिएसँगै ट्रेकिङ ब्यवसाय ओरालो लागे पछि कार्यालयनै बन्द गर्नु परेको महासचिव लामाले बताईन । साथै सरकारले घोषणा गरेको नियमलाई पालना गर्नलाई उक्त कार्यले सहयोग पुग्ने टानको विश्वास रहेको छ ।

हाल विश्वमा १० हजार भन्दा बढी उक्त भाईरसका कारणले मृत्यु भईसकेको अवस्थामा ट्रेकिङ ब्यवसायीहरुले पर्यटकलाई गाउँगाउँ पुर्याउनु झन महामारी फैलने भएकाले सम्पूर्ण ट्रेकिङ कार्यालयहरुसँगै टानको कार्यालयसमेत बन्द गरेको टानले जानकारी दिएको छ । अहिले अवस्था नाजुक बन्दै गएको र अब गाउँ गएर बस्नुको विकल्प नभएको महासचिव लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL