Logo

७० करोड कमिसन प्रकरणमा राजीनामा दिएका पूर्वसंचारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

७० करोड कमिसन प्रकरणमा राजीनामा दिएका पूर्वसंचारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट



काठमाडौं । ७० करोड कमिसन प्रकरणमा राजीनामा दिएका पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ। लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेट जाँदा विष्फोट भएको प्रहरीले जनाएको छ।

उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ। प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ।

आज चन्द समूहलाई प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ। २०७५ फागुन २८ गते सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै पक्राउ र खोजी कार्य जारी राखेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL