Logo

विश्वका करिव एक अर्ब एन्ड्रोईड स्मार्टफोन खतरामा, नेपालमा पनि पर्न सक्छ असर

विश्वका करिव एक अर्ब एन्ड्रोईड स्मार्टफोन खतरामा, नेपालमा पनि पर्न सक्छ असर



काठमाडौं । विश्वका स्मार्टफोन प्रयोगकर्ता विभिन्न कारणले खतरामा रहेको बिबिसीले उल्लेख गरेको छ ।

बिबिसीका अनुसार ह्याकर, मालवेयरलगायतका विभिन्न साईबर फ्रडका कारण एक अर्बभन्दा बढी एन्ड्रोईड स्मार्टफोन प्रयोगकर्ताको डाटा चोरी हुने सम्भावना बढेको छ । यस्तो समस्यामा खासगरी सन २०१२ पछि उत्पादन भएका स्मार्टफोन प्रयोगकर्ताहरु परेको बिबिसीले उल्लेख गरेको छ ।

टेक जाईन्ट कम्पनी गुगलका अनुसार विश्वका करिव ४२ दशमलव १ प्रतिशत एन्ड्रोईड स्मार्टफोनहरुकर्ताहरुले अहिले पनि गुगलको भर्सन ६ वा सो भन्दा कमको अपरेटिङ सिस्टम प्रयोग गरिरहेका छन् ।
गुगलले आफ्नो भर्सन ७ भन्दा तलको अपरेटिङ सिस्टमका लागि कुनैपनि सुरक्षा संयन्त्र जडान नगरेको र यसको मतलव भर्सन ६ वा सो भन्दा कमको अपरेटिङ सिस्टम प्रयोग गरिरहेका अर्बौ स्मार्टफोन खतरामा रहेको एन्ड्रोईड सेक्युरिटी बुलेटिनले जानकारी दिएको छ ।

बुलेटिनका अनुसार विश्वमा ५ जनामा २ जना एन्ड्रोईड प्रयोगकर्ताले गुगलको सुरक्षा अपडेट प्राप्त गर्दैनन ।

यस्तै एन्ड्रोईड सेक्युरिटी बुलेटिनले मोटोरोला एक्स, सामसंग ग्यालेक्सी ए५, सोनी एक्सपेरिया जेड२, एलजी गुगल नेक्सस५ र सामसंग ग्यालेक्सी एस६ मा विभिन्न मालवेयर र सेक्युरिटी जाँच गरेको थियो । उक्त जाँचमा सबै फोनमा कुनै न कुनै सुरक्षा चुनौती देखिएको थियो भने कतिपयमा त धेरै मात्रामा मालवेयर रहेको पाईएको थियो ।

तर, गुगलले भने आफ्ना प्रयोगकर्ताको लागि सुरक्षा सम्बन्धी ध्यान नदिएको बीबीसीले उल्लेख गरेको छ । यस्ता टेक जाईन्ट कम्पनीहरुले आफ्ना प्रयोगकर्ताको डाटा सुरक्षालाई ध्यानमा राख्नुपर्नेमा यस्तो नभएको बीबीसीको भनाई छ ।

यस्तै मोबाईल फोन निर्माताले पनि आफ्ना ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी स्मार्ट डिभाईसहरुमा कतिपटक सुरक्षा सम्बन्धित अपडेट पठाईयो भन्ने पनि ख्याल राख्नुपर्ने प्रविधि विज्ञहरु बताउँछन् ।

नेपालमा पनि करोडौें एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरु रहेकाले यसको असर नेपाली उपभोक्तलाई पनि पर्न सक्ने देखिएको छ । नेपालमा हालसम्म कति उपभोक्ताले एन्ड्रोइड फोन प्रयोग गर्छन भन्ने यकिन तथ्यांक भने उपलब्ध रहेकाो छैन् ।

प्रतिक्रिया दिनुहोस्
MBL