Logo

चीनका राजदूत पौडेललाई १५ दिनभित्र नेपाल फर्कन निर्देशन, नयाँ राजदूतमा पाण्डे सिफारिस

चीनका राजदूत पौडेललाई १५ दिनभित्र नेपाल फर्कन निर्देशन, नयाँ राजदूतमा पाण्डे सिफारिस



काठमाडौं । सरकारले चीनका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीनका राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय हो ।

laxmi

सरकारले राजदूत पौडेललाई फिर्ता हुन १५ दिनको समय दिएको छ । १५ दिनभित्र उनलाई नेपाल फिर्ता गर्ने गरी निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । पौडेल गत २०७३ साल कात्तिकमा राजदूतमा नियुक्त भएका थिए ।

मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाएर चीनका लागि नयाँ राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL