Logo

सरकारले बढायो विकास कर, अब डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

सरकारले बढायो विकास कर, अब डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर



काठमाडौं । सरकारले विकास करमा थप वृद्धि गरेको छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको छ ।

बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले कर वृद्धिको जानकारी दिएका हुन् ।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो कर रु ५ थपेर रु १० पुर्‍याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL