Logo

घुस काण्ड पछि संचार मन्त्री बास्कोटाले दिए राजीनामा

घुस काण्ड पछि संचार मन्त्री बास्कोटाले दिए राजीनामा



काठमाडौैं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिहीबार राजीनामा दिएका छन् । बास्कोटाले राजीनामा दिएको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन् ।

laxmi

७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भए पछि उनको चौतर्फी बिरोध आएको थियो । अडियोमा एजेन्टले मन्त्रीलाई ५४/५५ करोड आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL