Logo

कोरोना भाइरसले प्रभावित चीनको अर्थतन्त्र पुरानै अवस्थामा फर्किने प्रयास गर्दै, अझै समय लाग्न सक्ने

कोरोना भाइरसले प्रभावित चीनको अर्थतन्त्र पुरानै अवस्थामा फर्किने प्रयास गर्दै, अझै समय लाग्न सक्ने



काठमाडौं । विश्वकै दोश्रो ठूलो अर्थतन्त्र रहेको चीनमा अहिले नोबेल कोराना भाइरसकेको जगजगी छ । चीनबाट शुरु भएको यो भाइरसको त्रास अहिले विश्वमै फैलिएको छ । विश्वकै ठूला र प्रतिष्ठित कम्पनीहरुको उत्पादनस्थल रहेको चीनमा कारोना भाइरसका कारण थुप्रै कम्पनकिा उत्पादनमा समस्या आएको चर्चा पनि चलिरहेको छ ।

तर, चीनको नयाँ बर्ष लुनारको २ हप्ताको विदापछि अहिले चिनियाँ कम्पनीहरु भने पहिलेकै अवस्थामा फर्किने तरखरमा छन । महामारीको रुपमा फैलिएको कोरोना भाईरसले थिलथिलो पारेको चीनको अर्थतन्त्र केही महिनापछि पहिलेकै अवस्थामा फर्किने तरखरमा छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण अझै केही महिना अर्थतन्त्र पहिलेकै अवस्थामा फर्किन अप्ठ्यारो हुनेभएपनि यसको समाधान गर्दै अर्थतन्त्र अघि बढिरहेको छ । चीनमा जनावरीको मध्यसतता १ हजार ५ सय जनाको मृत्यु भइसकेको छ भने विभिन्न प्रान्तहरु यसबाट ग्रसित छन भने यसको प्रकोप अझ धेरै स्थानमा फैलिरहेको छ ।

यसका बाबजुद चीनका धेरै स्थानमा आउने हप्ताको सोमबारदेखि केही व्यवसायहरु खुलाउने घोषणा गरिएको थियो । तर भाईरसको प्रकोपका कारण यो अनुमान व्यर्थ हुने भएको छ । सरकारले विभिन्न स्थानमा अहिले पुर्ण रुपमा आर्थिक क्रियाकलापहरु बन्द गर्न निर्देशन दिएको छ भने प्रायजसो शहरका मानिसहरु आफ्नो शहर छोडेर सुरक्षित स्थानतिर गइरहेका छन ।

केही स्थानीय तहहरुले कोरोना भाईरसलाई मुख्य प्राथमिकतामा राखेर उद्धार तथा उपचारका कामहरु गरिरहेका छन । केही कामहरु भने मानिसहरुले आफ्नै घरबाट गरिरहेका छन । जस्तै अनलाईनबाट गरिने कारोबार, अनलाईन सपिङ लगायतका कामहरु मानिसहरुले घरबाट गरिरहेका छन ।

चीनको तथ्याङ्क विभागका अनुसार ईन्धनका मूख्य ५ स्रोतमध्ये १ मा राखिएको कोईलाको खपत गतबर्षको लुनारको तुलनामा ४२ दशमलव २ प्रतिशतले खस्केको छ । जुन कोरोनाको महामारी फैलिनुअघि प्रतिदिन ३ प्रतिशतले बढिरहेको थियो ।

यस्तै गत बर्षको लुनारको तुलनामा यो बर्षको लुनारको विदा सकिएपछि मुख्य शहरहरुमा फर्किने मानिसहरुको संख्या पनि एक चौथाईले घटेको छ । भएका मानिसहरु पनि शहर छोडेर आफ्नो गाउँमा फर्किरहेका छन । स्थानीय सरकारहरु पनि मानिसहरुलाई शहर छोडेर गाउँ फर्किन प्रोत्साहन गरिरहेका छन । यस्तै आगामी हप्तासम्म पुन संचालन गरिएका केही ठुला प्लान्टहरुले श्रमिकको कमिका कारण सीमित बस्तु मात्रै उत्पादन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL