Logo

बालुवाटार जग्गा प्रकरण : भाटभटेनीका संचालक गुरूङ र ४ पूर्वमन्त्री सहित १७५ विरुद्द मुद्दा दायर (सूचिसहित)

बालुवाटार जग्गा प्रकरण : भाटभटेनीका संचालक गुरूङ र ४ पूर्वमन्त्री सहित १७५ विरुद्द मुद्दा दायर (सूचिसहित)



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटाको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको आरोपमा १७५ जना विरुद्ध भ्रटाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार विशेष अदालतमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्रीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसैगरी आयोगकै पूर्वप्रमुख तथा पूर्वसचिव दीप वस्न्यात र पूर्व सचिव दिनेशहरी अधिकारी विरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले दायर गरेको अभियोगपत्रमा पूर्व उपप्रधानमन्त्री गच्छदार सहित मन्त्रीहरु छविराज पन्त, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी रहेका छन् ।

यसैगरी उक्त प्रकरणको मुख्य भुमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित भाटभटेनीका संचालक मिनबहादुर गुरूङलाई पनि अख्तियारले मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL