Logo

कालिगण्डकीमा पानीजहाज संचालनगर्न पूर्व सम्भाब्यता अध्ययन हुँदै, २ महिना भित्रै प्रतिवेदन आउने

कालिगण्डकीमा पानीजहाज संचालनगर्न पूर्व सम्भाब्यता अध्ययन हुँदै, २ महिना भित्रै प्रतिवेदन आउने



काठमाडौं । नेपाल पानीजहाज कार्यालयले कालीगण्डकी नदीमा पानी जहाज संचालनको लागि पुर्व सम्भाब्यता अध्ययन गर्ने भएको छ । कार्यालयले कालीगण्डकीको राम्दीदेखि देबघाटसम्म अध्ययन गर्न सुचना समेत जारी गरिसकेको छ । सोही सुचनाको आधारमा कार्यालयले बोलकबोल प्रकृयामार्फत परामर्शदाता नियुक्त गरी सम्भाव्यता अध्ययन गर्नेभएको हो ।

कार्यालयले माघ ५ गते निकालेको उक्त सुचना अनुसार परामर्शदाताको लागि १५ दिनको समय दिएको छ । इच्छुक कम्पनीहरुले यही माघ २० गते सम्ममा प्रस्ताव पेश गरिसक्नु पर्ने छ । परेका आवेदनहरुको सर्टलिस्ट तयार गरी कार्यालयले मूल्याङ्कन गर्ने र तोकेको मापदण्ड पुगेका प्रस्तावकसँग कार्यसम्झौता गरि राम्दीदेखि देबघाटसम्मको इओआईको जिम्मा लगाउने छ ।

प्रस्तावकले राम्दीदेखि देबघाटसम्मको हरेक २ सय मिटरमा के कस्तो बाधा अड्चन छ भनेर अध्ययन गर्नेछ । साथै सो क्षेत्रमा ढुंगा, बालुवा, पानीको गहिराई के कति छ सोको अध्ययन गरि कति गहिराई र कति चौडाईमा कस्तो किसिमको जहाज (ठूलो सानो) संचालन गर्न सकिन्छ भनेर अध्ययन गर्ने छ । साथै क्षेत्रमा जहाज संचालनको लागि कति स्थानमा स्टेशन निर्माण गर्ने हो सो को अध्ययन गरि कार्यालयलाई प्रतिवेदन बुझाउनु पर्ने पानी जहाज कार्यालयका प्रवक्ता तथा शाखा अधिकृत बिप्लब विष्टले जानकारी दिएका छन ।

कार्यालयका अनुसार छनौंट भएको परामर्शदाताले सम्झौता भएको २ महिनाको अवधिमा सो प्रतिवेदन बुझाउने गरि काम गर्नु पर्ने छ । प्रतिवेदन आईसके पछि जलयातायात संचालन गर्न आवश्यक पूर्वधार निर्माणको तयारी गर्ने विष्टले जानकारी दिएका छन ।

त्यसतै कोसी र कर्णाली नदिमासमेत अध्ययन गर्ने तयारी भईरहेको कार्यालयले जानकारी दिएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले एउटा तथा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले एउटा नदिमा अध्ययन गर्नेछ । पानी जहाज कार्यालयले भने ति दुई बाहेक कालिगण्डकीको मात्रै अध्ययन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL