Logo

साना कम्पनीको सेयरमा चलखेल गर्दै ठूला लगानीकर्ता, साना लगानीकर्तालाई किन्न सजिलो बिक्री गर्न कठिन

साना कम्पनीको सेयरमा चलखेल गर्दै ठूला लगानीकर्ता, साना लगानीकर्तालाई किन्न सजिलो बिक्री गर्न कठिन


बिजखबर संवाददाता
16.3k
Shares

काठमाडौं । दैनिकजसो दोहोरो अंकले वृद्धि भएको सेयर बजारमा साना कम्पनीको सेयरमा बढी चलखेल सुरु भएको छ । बैंक तथा वित्तीय संस्थाको बढी बाहुल्यता रहेको नेपालको पूँजी बजारमा ठूला लगानीकर्ताहरुले साना कम्पनीको सेयरमा चलखेल गर्दा नेप्से परिसुचक उकासिन थालेका छन् ।

नेप्सेको अन्तिम विन्दु १११० दशमलव ०८ प्रतिशतमा आएर बाउन्स भएको बजारमा सबैभन्दा बढी दोस्रो बजारमा कम सेयर भएका कम्पनीहरुको मूल्य बढी बढाइएको तथ्याङ्कले देखाएको छ । नोभेम्बर २५ २०१९ मा नेप्से परिसुचक कम विन्दु अर्थात १११० अंकबाट वृद्धि हुन सुरु गरेको थियो । करिव २ महिना अर्थात जनवरी १९ २०२० सम्म आईपुग्दा नेप्से परिसुचक समग्रमा २३३ दशमलव ५७ अंक अर्थात २१ प्रतिशतले बढेको छ ।

तर, सो अबधिमा नेप्सेमा सबैभन्दा बढी बाहुल्यता रहेको बैंकिङ समुहको परिसुचक १६ प्रतिशतले मात्र बढेको छ भने विकास बैंक समुहको परिसुचक २१ अंकले उकालो लागेको छ । तर साना तथा दोस्रो बजारमा थोरै कित्ता सेयर भएका कम्पनीहरुको परिसुचक भने उच्च रुपमा बढेका छन् ।

सो अबधिमा दोस्रो बजारमा कम कित्ता सेयर रहेको व्यापार समुहको परिसुचक ८० प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समुहको परिसुचक ४३ अंकले उकालो लागेको छ । यसैगरी बीमा समुहको परिसुचकमा पनि उच्च वृद्धि भएको छ ।

तथ्याङ्कले समग्रमा माइक्रोफाइनान्स समुहको परिसुचकमा ४३ प्रतिशतको वृद्धि देखाएपनि बजारमा कारोबार भइरहेका कम्पनीको वृद्धि करिव ६० प्रतिशत रहेको देखिन्छ । अहिले ११ वटा माइक्रोफाइनान्स मर्जरको प्रक्रियामा रहेको र त्यस्ता कम्पनीको सेयर मूल्य स्थिर रहँदा समग्रमा ४३ प्रतिशत मात्र वृद्धि देखिएको छ ।

पछिल्लो समय बजारमा कम कित्ता सेयर भएका कम्पनीमा ठूला लगानीकर्ताले मूल्य बढाइरहेको सम्बद्ध लगानीकर्ता बताउँछन् । जसको ज्वलन्त उदाहरणका लागि साल्ट ट्रेडिङ कर्पोरेशनलाई लिन सकिने एक लगानीकर्ताले जानकारी दिए । ‘२०१९ को डिसेम्बर ६ मा प्रतिकित्ता ४६२ रुपैयाँ रहेको साल्ट ट्रेडिङको सेयर २०२० को जनवरी १९ मा आईपुग्दा बढाएर २ हजार ५ सय ९६ रुपैयाँ पुर्याइएको छ जुन आफैमा आश्चर्यजन वृद्धि हो,’ ती लगानीकर्ताले भने, ‘यो बजारमा भइरहेको वास्तविक वृद्धिभन्दा पनि कृतिम वृद्धि हो ।’ यसैगरी विशाल बजार कम्पनीको सेयर पनि त्यस्तै गरी मूल्य बढाइएको छ ।

सिमित व्यक्तिहरुको कब्जामा रहेको साना कम्पनीहरुको सेयर मूल्य कृतिम रुपमा बढाउँदा साना लगानीकर्ताहरु मर्कामा पर्ने गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘समिति लगानीकर्ताहरुले दोस्रो बजारमा कम संख्यामा आएका कम्पनीको सेयरमूल्य आफुखुशी मूल्य बढाउँदै उच्च बनाएर साना लगानीकर्ता आकर्षित गर्ने गरेका छन्,’ ती लगानीकर्ताले भने, ‘बढ्दो मूल्यमा साना लगानीकर्ता प्रवेश गरेर खरिद गरेपछि ठूला लगानीकर्ताले बिक्रीमा राख्छन् अनि सेयर बिक्री हुनै कठिन हुन्छ ।’

सो अबधिमा जिर्ण अवस्थामा रहेको जलविद्युत समुहको सेयरमा पनि १९ प्रतिशतको वृद्धि देखिएको छ भने सबैभन्दा कम अतिरित्त समुहको परिसुचक १० अंकले उकालो लागेको छ । यसैगरी बजारमा उत्पादनमुलक समुहको परिसुचक १५ अंकले मात्र बढेको छ भने पछिल्लो समय लगानीकर्ताको आकर्षणमा रहेको निर्जीवन बीमा सहुको परिसुचमा ४० प्रतिशतले वृद्धि हुँदा जीवन बीमा समुहको परिसुचक ४५ प्रतिशतले बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL