Logo

सरकारको नियन्त्रण बाहिर जाँदै मूल्यवृद्धि, खाद्यान्नको मूल्य आकासियो

सरकारको नियन्त्रण बाहिर जाँदै मूल्यवृद्धि, खाद्यान्नको मूल्य आकासियो



काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा मूल्यवृद्धिदर बढेर ६ दशमलव ५५ प्रतिशत पुगेको छ । गत बर्षको सोही अवधिमा ३ दशमलव ७१ प्रतिशत रहेको मूल्यवृद्धिदर बढ्दै उक्त विन्दुमा पुगेको हो ।

laxmi

सरकारले ६ प्रतिशतभन्दा माथि मूल्यवृद्धिदर नगर्ने घोषणा गरेपनि मुद्रास्फिती सरकारले तोकेको सिमाभन्दा बाहिर गएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि भने ९ दशमलव ७६ प्रतिशत पुगेको छ । यस्तै गैरखाद्य पदार्थको मुद्रास्फिती भने ४ दशमलव १ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ५ महिनामा तरकारी, मसला, फलफुल, दाल तथा गेडागुडी समुहको मूल्यवृद्धि उच्च रुपमा बढेको छ । तर, शिक्षा, लुगा तथा जुत्ता लगायत गैरखाद्य तथा सेवा समुहको मुल्यवृद्धि भने घटेको छ । गत बर्षको मंशिरमा उक्त समुहको मूल्यवृद्धिदर ६ दशमलव ३४ प्रतिशत थियो ।

पछिल्लो ५ महिनामा काठमाडौंमा मात्रै ७ दशमलव ६० प्रतिशत रहेको छ । गत बर्षको सोही अवधिमा भने काठमाडौंमा मूल्यवृद्धिदर ३ दशमलव ३८ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार हिमाली, पहाडी तथा तराई क्षेत्रमा मंशिरमा क्रमशः ४ दशमलव ८३, ५ दशमलव २७ र ६ दशमलव ६६ प्रतिशत मूल्यवृद्धिदर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL