Logo

प्रतिलिटर २ रुपैयाँले बढ्यो डिजेल र पेट्रोलको मूल्य, हवाई इन्धन र ग्याँसको यथावत

प्रतिलिटर २ रुपैयाँले बढ्यो डिजेल र पेट्रोलको मूल्य, हवाई इन्धन र ग्याँसको यथावत



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।

laxmi

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनले १ जनवरी २०२० मा पठाएको पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य बढेर आएको भन्दै स्वचालित मूल्य प्रणाली अनुरुप मूल्य बढाइएको निगमले जानकारी दिएको छ । उक्त मूल्य बुधबार राती १२ बजेदेखि लागू हुने समेत निगमले बताएको छ ।

मूल्य वृद्धिसँगै बिहीबारदेखि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीलेत प्रतिलिटर १ सय रुपैयाँ पुगेको छ ।

निगमले हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हाल यथावत नै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL