Logo

आजदेखि भ्रमण बर्ष २०२० सुरु, राष्ट्रपति भण्डारीले साढे ५ बजे औपचारिक शुभारम्भ गर्ने

आजदेखि भ्रमण बर्ष २०२० सुरु, राष्ट्रपति भण्डारीले साढे ५ बजे औपचारिक शुभारम्भ गर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अग्रेंजी नयाँ बर्ष २०२० सँगै नेपाल भ्रमण बर्ष २०२० सुरु भएको छ । आज दिउँसो दशरथ रगंशालामा आयोजना हुने भव्य समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष शुभारम्भको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले भ्रमण बर्ष २०२० को उद्घाटन बेलुका साढे ५ बजे गर्ने कार्यक्रम रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कार्यक्रममा आउने पाहुनाहरु ३ बजे दशरथ रंगशालामा प्रवेश गरिसक्नुपर्ने छ ।

त्यस्तै सवा ३ बजेनै भिआईपी तथा भिभिआईपीहरुको प्रवेश हुनेछ भने सवा ५ बजे राष्ट्रपति भण्डारीले दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उद्घाटन कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले बिभिन्न नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भ्रमण बर्षको उद्घाटनमा नेपाली सेनाको हेलिकोप्टरमार्फत झण्डा पहराउने कार्यक्रम रहेको भ्रमण बर्ष सचिवालयले जानकारी दिएको छ । त्यस्तै आज ४ बजे सुरु हुने औपचारिक कार्यक्रममा बिभिन्न झाँकीसहित सांस्कृतिक प्रस्तुतिसमेत रहेको छ ।

भ्रमण बर्षमा सहभागी हुन बिभिन्न मुलुकका पर्यटन मन्त्रीहरु काठमाडौं आईसकेका छन । नेपाल भ्रमण वर्ष २०२० को उदघाटन समारोहमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग र जमैकाका मन्त्री ओन मउङ काठमाडौं आईसकेका छन ।

त्यस्तै भुटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौं आएका छन् । साथै भ्रमण बर्ष २०२० उद्घाटनकै लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत बिभिन्न मुलुकका ३४ ओटा सञ्चारमाध्यमका प्रतिनिधिहरु समेत नेपाल आईसकेका छन् ।

सरकारले सन १९९८ मा भ्रमण बर्ष र सन २०११ मा नेपाल पर्यटन बर्ष आयोजना गरेको थियो । १९९८ मा ५ लाख पर्यटक भित्राउने लक्ष्य लिँदा ४ लाख ६३ हजार ६ सय ८४ र सन २०११ मा १० लाख पुर्याउने लक्ष्य राखेकामा ७ लाख ३६ हजार २ सय १५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

२०११ मा भन्दा सन १९९८ मा तुलनात्मक रुपमा आँकलनअनुसार पर्यटक आगमन भएको थियो । यी दुई वर्षलाई हेरेका कतिपय जानकारहरुले २०२० को लक्ष्य बढी भएकाले प्राप्त हुन कठिन पर्ने बताउँदै आएका छन । अध्यागमन विभागको तथ्याङ्क अनुसार २०१९ को तथ्याङ्क आउन भने अझै केही समय लाग्ने बताएको छ ।

त्यस्तै आजै बिहान काठमाडौं आईपुग्ने विदेशी पाहुनाहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । फ्लाई दुबईबाट आउने बिभिन्न देशका ४२ जना पर्यटकलाई विमानस्थलमा स्वागत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL