Logo

क्यानका कर्मचारीलाई मन्त्रीको जवाफ : हामी पनि बन्द हड्ताल गरेरै आएका हौं, अहिले त्यो जमाना गइसक्यो

क्यानका कर्मचारीलाई मन्त्रीको जवाफ : हामी पनि बन्द हड्ताल गरेरै आएका हौं, अहिले त्यो जमाना गइसक्यो



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले नेपालको हवाई क्षेत्रमा पूर्वाधारलगायतमा प्राधिकरणले महत्वपूर्ण योगदान दिएको बताएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को २१ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दैं मन्त्री भट्टराईले नेपालको भौगोलिक अवस्थामा पनि प्राधिकरणले ठूलो भूमिका खेलिरहेको भन्दै प्रशंशा गरे । ‘सामान्य संस्थाबाट सुरु भएको यो संस्था अहिले १ हजार कर्मचारी भएको संस्था भएको छ । यसले विगतदेखि हालसम्म राम्रो प्रगति गरेको छ’, मन्त्री भट्टराईले भने ।

laxmi

समारोहमा नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने सम्बन्धमा प्राधिकरणका ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले जुनसुकै हालतमा प्राधिकरण विभाजन गर्न नदिने भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै मन्त्री भट्टराईले कानून अनुसार नै हुने बताए । ‘संसार गतिशील छ । जब गतिसंगै अघि जान सकिँदैन, तब कुनै प्रगति गर्न सकिदैन, त्यसैले मानिसको चेतनामा पनि परिवर्तन ल्याउनुपर्छ’, भट्टराईले भने । संस्था टुक्र्याउने विषयमा कोही पनि सशंकित नहुन आग्रह गर्दै मन्त्री भट्टराईले यसकोे निर्णय पनि त्यतिकै आएको नभई सरकारबाट अनुमोदित भएर आएको बताए ।

‘विश्वमा बनेको ऐन कानुनमा हामीले हस्ताक्षर गरेका हुन्छौं । प्राधिकरणको विषयमा चासो लिनु भएकोमा धन्यबाद । म विश्वासको साथ भन्छु यहाँसम्म आउँदा धेरै पसिना बगाएको तपाईहरुले सम्झिरहनु भएको होला । म भन्दा धेरै भोटो फटाउनु भएको पनि होला । तर, हामी यहाँसम्म आउन पनि त्यतिकै आएका होइनौं, दुख गरेर भोटो फटाएरै आएका हौं । राज्य चलाउने र पार्टी चलाउने मान्छे तलमाथि भयो भने विश्वास टुट्छ । म यहाँ विश्वास टुटाउन होईन जोडन आएको हो । म राजनितिक ढंगले आएको हुँ, म कुनै लोकसेवा पास गरेर आएको होईन यति कुरा तपाईहरुले बुझ्न हुन्छ भन्ने मलाई लागेको छ’, मन्त्री भट्टराईले भने ।

गुरुकुलमा पण्डित आफैले परीक्षा लिने जस्तो अहिले नहुने बताउँदै मन्त्री भट्टराईले अनुगमन गर्ने पाटो हुने र सबै त्यहीअनुसार अगाडि बढनुपर्छ भन्ने कुरा नबुझेर नै साथीहरुले ताली पड्काएको जस्तो आफुलाई लागेको बताए । उनले भने–‘सरकार कर्मचरीको खिलाप जाँदैन । कानुन बन्दैछ र संसदले अनुमोदन भयो भने यो पास हुन्छ । यसमा साथीहरुले सहयोग गर्नुहुन्छ भन्ने लाग्छ । हड्ताल गर्ने, बन्द गर्ने घेराबन्दी गर्ने जमाना गईसकेको छ । हाम्रो पालामा थियो, अब त्यस्तो हुँदैन र त्यो आवश्यक छैन । तपाईको कुरा नमान्न सकिने अधिकार मसँग छ । एक्सनमा जानूपुर्व यो कुरो सोचेर जानू होला ।’

मन्त्री भट्टराईले सरकारले निर्णय गर्दा खाईपाई आएको भत्ता नकाटिने र बताउँदै सरकारको ढुकुटी सानो र पुँजीगत खर्च धेरै गर्नुपर्ने भएकाले जसले ढुकुटी भर्छ, उसलाई सेवासुविधा पनि बढाउँदै लैजाने बताए । ‘भोलि नियामक र सेवाप्रदाय कुनमा जाने त्यो छनौट गर्ने जिम्मा तपाईमा हुनेछ । राति सिफ्ट हुनेलाई अतिरिक्त भत्ता छदैछ । अरुलाई सम्मान नगर्ने आफुमात्र सम्मान खोज्ने राम्रो होईन । सेवा सुविधामा कम भयो भने ढुकुटी हेरेर थप गर्नेछौं’, उनले भने ।

एक बर्षमा ३ ठुला विमानस्थल संचालनमा ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री भट्टराईले ५ बर्षमा निजगढ बनेपछि कस्तो जनशक्ति चाहिन्छ त्यो सोचमा लाग्न आग्रह गरे । उनले भने– ‘नयाँ ठाउँमा जाँदा केही असहज होला । तर, हण्डर ठक्कर खाएर आएको मान्छेले केही बुझेको हुन्छ । प्राधिकरण यहाँसम्म आईपुग्दा र निजी क्षेत्र यहासम्म आईपुग्दा कति हण्डर खाए होलान । त्यसैले त अहिले क्यान यहाँ पुगेको छ । सबैको साथले आज हामी यो स्थानमा आईपुगेका छौं । यूनियनका अध्यक्षले बडो फुर्तिका साथ भन्नू भो । तर, अब हड्ताल, बन्द तालाबन्दी गरेर केही हुँदैन । त्यसबाट म कन्भिन्स हुँदिन । हामी पनि बन्द हड्ताल गरेरै आएको हो । तर अहिले त्यो समय गइसक्यो ।’

मन्त्री भट्टराईले क्यान टुक्र्याउन मस्यौदा मन्तिपरिषदमा जाने बताउँदै बन्द हड्ताल गरेर कन्भिन्स नहुने पनि बताए । उनले बिचार बिमर्श र छलफका लागि सबैलाई स्वागत गर्ने बताउँदै जन्मदिन मनाउने बेला कात्रो लिएर आउछु भनेर घुर्की नलगाउन पनि चेतावनी दिए । यसअघि कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणको ट्रेड युनियनका अध्यक्ष श्रवनकुमार यादवले जुनसुकै हालतमा प्राधिकरण विभाजन गर्न नदिने बताएका थिए । सरकारले प्राधिकरणलाई टुक्रयाएर नियामक निकाय र सेवाप्रदायकलाई छुट्टा छुट्टै बनाउने तयारी अन्तिम अवस्थामा पुर्याएको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराई उपस्थित रहेको काार्यक्रममै प्राधिकरण युनियन अध्यक्षले यस्तो चेतावनी दिएका हुन् ।

यादबले प्राधिकरण बिभाजनको (नियामक निकाय र सेवा प्रदायक) बिरुद्धमा दोस्रो चरणको आन्दोललनमा रहेको बताउँदैं प्राधिकरण २१ बर्ष अगाडि स्थापना के उद्देश्यले भयो र अहिले के भयो भन्ने प्रश्न गरेका थिए । ‘के प्राधिकरण २१ बर्षको लागिमात्र स्थापना भएको थियो ? ऐनमा भएको कुरा सबै लागू भएको हो ? यसको समीक्षा गर्नु जरुरी छ’, यादबले भने । यादबले संस्था टुक्रयाए पनि उड्डयन क्षेत्रमा समस्या नआउला भन्न नसकिने बताउँदै त्यसलाई पुष्टि गर्ने रिपोर्टहरु आफुहरुसँग रहेको बताए ।

अन्तराष्ट्रिय नागरिक उडड्यन प्राधिकरण (आइकाओले) नेपाली वायुसेवामाथिको कालोसूची हटाएको २ बर्ष भएपनि ईयुले नहटाउनुमा अर्कै स्वार्थ रहेको यादबले बताए । ‘भोलि पोखरा लुम्बिनीलगायतका विमानस्थल हामीलाई संचालन गर्न देउ अनि कालोसूची हटाउला भनेर इयूले भन्ला । एक पछि अर्को शर्त राख्दै जाँदा हामी कहिले उड्ने युरोप ? युरोपबाटै ४ वटा जहाज ल्याईसकेका छौं । कतार, दुबइ किन हुँदैन ? युरोप नै घुस्नु पर्ने ?’ यादबले प्रश्न गरे ।

यादबले जुनसुकै हालतमा प्राधिकरण विभाजन गर्न नदिने दोहोर्याउँदैं मन्त्रीलाई ज्ञापन पत्र बुझाउन खोज्दा वास्ता नगरेको बताउँदैं मन्त्रालयमा गएर दर्ता गरेको बताए । उनले बन्दुक नै देखाएर सोधे पनि कुनै कर्मचारीले संस्था बिभाजन गर्नु पर्छ भनेर नभन्ने बताउँदै प्राधिकरण नेतृत्व प्रति नै प्रश्न तेर्साए ।

‘तपाईहरु नियमक निकायमा हुनुहुन्छ, अहिलेसम्म के–कति प्रगति भयो, के काम गरिरहनुभएको , तपाईं कति दिन बस्नुहुन्छ मन्त्री, डिजी भएर ?’ उनले भने । यादबले सरकारले दिने कर्मचारी भत्ता काट्ने हिम्मत कसैको नभएको बताउँदै हिम्मत भए अगाडि आउन चुनौती दिदै अगाडि आउनेको हात काटिने चेतावनी पनि दिए । उनले सहसचिव पद छोडेर आउने, डिजी पद खाने भन्दै दुबैं हातमा लड्डु खाने तपाईहरु भन्दै नेतृत्वलाई कडा प्रहारसमेत गरे । यादबले महानिर्देशकको कार्यालय तथा मेनगेटसम्म ताल्चा मार्ने र जेल जानु परे पनि जाने तर, प्राधिकरण टुक्र्याउन नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL