Logo

आईफोन एक्सआरले विक्रीमा सामसङ र ओप्पोलाई उछिन्यो, विश्वकै बढी विक्री हुने टप फाइभको सूचीमा सामसङका ३ फोन

आईफोन एक्सआरले विक्रीमा सामसङ र ओप्पोलाई उछिन्यो, विश्वकै बढी विक्री हुने टप फाइभको सूचीमा सामसङका ३ फोन



काठमाडौं । सन २०१९ को तेस्रो त्रैमाससम्म एप्पलको आईफोन एक्सआरले धेरै विक्री हुने मोबाईलको रेकर्ड राखेको छ । काउन्टर पोईन्टको पछिल्लो प्रतिवेदनले विश्वमै धेरै विक्री हुने उच्च १० फोनको अग्रस्थानमा पर्ने सामसङ र ओप्पो आईफोनको एक्सआरभन्दा पछि परेका छन ।

laxmi

काउन्टर पोईन्टले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा १० ओटा मोबाईल ब्राण्डको विश्वमा विक्री हिस्साको तथ्याङ्क देखाईएको छ । विश्व बिक्रीको आधार हेर्ने हो भने अन्यको तुलनामा ३ प्रतिशतले बढि फोनहरु विक्री गर्दै आईफोन एक्सआर उच्च स्थानमा परेको हो । उक्त फोन ओप्पो र सामसङभन्दा सुलभ छ जसका कारण आफ्नो विक्री बढाएको जानकारहरु बताउँछन ।

यस्तै एन्ड्रोईड फोनको विक्रीको उच्च स्थानमा भने २०१९ को तेस्रो त्रैमाससम्म सामसङ ग्यालेक्सी ए१० ले स्थान पक्का गरेको छ । जसको खुद्रा मूल्य १६० डलसरमम पर्छ । यस्तै सामसङको ग्यालेक्सी ए५० भने दोस्रो स्थानमा परेको छ । जसमा आप्पोका ए९, ए५एस र सामसङको ग्यालेक्सी ए२० उच्च विक्री हुने फोनको ५ स्थानभित्र परेका छन । यस्तै ओप्पो ए५, आसोमी रेडमी ७ए र हुवावे पी३० उच्च १० मा परेका छन । यस्तै हालै सार्वजनिक भएको आईफोन ११ भने मध्यम विक्री हुने फोनमा परेको छ ।

काउन्टर पोईन्टका अनुसार पछिल्लो १२ महिनामा फोनको होलसेल व्यवसायमा पनि ३० प्रतिशतको गिरावट आएको छ । अमेरिका चीन व्यापार प्रतिवन्धका कारण हुवावेको पी ३० मा गिरावट आउँदा समग्र मोबाईल व्यापारमा नै गिरावट आएको हो ।

काउन्टरपोईन्टका अनुसार ग्राहकहरु जतिसक्दो सस्तो स्मार्टफोन भन्दा पनि ब्राण्ड हेरेर मोबाईल खरिद गर्न चाहान्छन । जसको कारण अन्य ब्राण्डका फोनहरु भन्दा पनि एप्पल ब्राण्डको फोनका बढी आकर्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL