Logo

नक्कली भ्याटविल प्रकरणमा पेप्सी विरुद्ध मुद्दा दायर, ३ बर्ष जेल १ अर्ब ९४ करोड विगोदावी

नक्कली भ्याटविल प्रकरणमा पेप्सी विरुद्ध मुद्दा दायर, ३ बर्ष जेल १ अर्ब ९४ करोड विगोदावी



काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) विल प्रकरणमा राजस्व अनुसन्धान विभागले बरुण वेभरेज (पेप्सी) विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले कुल १ अर्ब ९४ करोड रुपैयाँ विगो दावी सहित अरुण वेभरेजका संचालक अमित गुप्तासहित ७ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । वरुण वेभरेजले राजस्व चुहावट गर्ने नियतले झुटा तथा नक्कली कर विजकको कारोवार गर्ने व्यक्तिसँगको मिलेमत्तोमा वास्तविक मालसामान खरिद नै नगरी नक्कली विल विजक जारी गर्ने उद्देश्यले दर्ता गरिएका फर्म तथा कम्पनीबाट विलविजक खरिद गरी राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

राजस्व चुहावट ऐन २०५२ अनुसार अरुण वेभरेजले कसुर गरेको ठहरिन आएकाले विभागले विगो सहित ३ बर्षको कैद सजायको माग दावी सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले कम्पनीका संचालक तथा पूर्व संचालक अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहरी, प्रविण कुमार अग्रवाल, विनोद कुमार सिंह र अशोक कुमारबाट असुल गर्नेगरी प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

उनीहरुलाई ६४ करोड ९६ लाख विगो र १ अर्ब २९ करोड ९२ लाख विगोको दोब्बर गरी कुल १ अर्ब ९४ करोड रुपैयाँको बिगोदावी सहित मुद्दा दायर गरेको हो । जसमध्ये विभागले गरेको अनुसन्धानबाट नक्कली भ्याटविल कारोबारतर्फ २५ करोड ३४ लाख, आयकरतर्फ ३९ करोड ६१ लाख ठगी गरेको भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL