Logo

खराब मौसमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ट्राफिक स्लो, हिमाली क्षेत्रका उडान प्रभावित

खराब मौसमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ट्राफिक स्लो, हिमाली क्षेत्रका उडान प्रभावित



काठमाडौं । हिमाली क्षेत्रमा बिहीबार बिहानै देखि परेको हिमपातका कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार लूक्ला, सिमिकोट, फाप्लुलगायतका स्थानहरुमा उडान हुन सकेको छैन ।

laxmi

त्यस्तै खराब मौसमका कारण विमानस्थलमा हुने ‘ट्राफिक स्लोल’गायतका समस्या समेत भईरहेको विमानस्थलका संचालन निर्देशक शुरेसमान सिह श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार अरुबेला प्रति घण्टा ३० देखि ३५ उडान अवतरण हुने गरेकोमा शुक्रबार भने प्रति घण्टा १० देखि १२ मात्रै उडान अवतरण भईरहेको छ ।

त्यसतै बुधबार राती देखि परेको हिमपातकका कारण नेपालगञ्जबाट हुने हवाई उडान सेवा भने पूर्ण रुपमा अवरुद्ध भएको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । उक्त विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार नेपालगञ्जबाट हुने दुर्गम क्षेत्रका विमानस्थलहरुमा बिहीबार र शुक्रबार कुनै उडान हुन सकेको छैन ।

तर नेपालगञ्ज विमानस्थलका प्रमुख ठाकुरका अनुसार शुक्रबार बिहान समिट एयरले भने डोल्पाको लागि एक उडान गरेको छ । तर अत्याधिक हिउँ परेका कारण उक्त जहाज डोल्पा विमानस्थलमा नै रोकिएको छ । उक्त जहाज शनिबार मात्रै नेपालगञ्ज फर्किने तयारी रहेको ठाकुरले बताए ।

निरन्तरको हिमपातले गर्दा जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा जनजिबन कष्ठकर बन्दै गईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
MBL