Logo

नेपाल–भारत पारवहन बैंठक : नेपालले आफ्नै पानी जहाजमा ढुवानी गर्न पाउने, विद्युतीय कार्गोमा ‘ट्रान्सिप्मेन्ट’ लागू

नेपाल–भारत पारवहन बैंठक : नेपालले आफ्नै पानी जहाजमा ढुवानी गर्न पाउने, विद्युतीय कार्गोमा ‘ट्रान्सिप्मेन्ट’ लागू



काठमाडौं । नेपालले आफ्नै पानी जहाजमा तेस्रो मुलुकबाट मालसमान ढुवानी गर्न पाउने भएको छ । दुईदिनसम्म काठमाडौंमा भएको नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकन बैंठकबाट आगामी दिनमा सामुन्द्रिक नाकाबाट नेपाली ध्वजाबाहक पानी जहाजमार्फत मालसामान ढुवानी गर्न पाउने सहमति भएको नेपालको तर्फबाट वार्ता टोलीका संयोजक तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

laxmi

‘अबका दिनमा नेपालले आफ्नै पानीजहाजबाट भारतीय बाटो हुँदै मालसामान ढुवानी गर्न पाउने बाटो खुलेको छ,’ उनले भने, ‘जसका लागि नेपालले ३ वटा नाका प्रयोग गर्न पाउने छ।’

बैठकले नेपालको पारवहन विविधिकरणका लागि धाम्रा र मुन्द्रा बन्दरगाह खुला गर्ने सहमति भएको छ । यसैगरी रेलमार्फत गरिने बल्क कार्गोका लागि विरगञ्ज रक्सौल नाकाका अतिरिक्त विराटनगर–जोगवानी र भैरहवा–सुनौली नाका समेत खुला गर्ने सहमति भएको छ ।

यसैगरी तेस्रो मुलुकसँग भारतीय भुमी हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतीय कार्गो ट्रयाकिङ प्रणाली लागू गरी ‘ट्रान्सिप्मेन्ट’ लागू गर्न नेपालले गरेको प्रस्तावमा समेत भारत सकारात्मक देखिएको छ । सो सम्बन्धमा भारतीय पक्षले आन्तरिक छलफल गरी यथासक्दो छिटो आफ्नो धारणा पठाउने सहमति भएको समेत उनले जानकारी दिए । साथै उक्त पारवहन सन्धिको म्याद २०२० जनवरी ५ देखि लागू हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL