Logo

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसन सम्पन्न, आयो यस्तो जानकारी

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसन सम्पन्न, आयो यस्तो जानकारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सफल भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् ।

laxmi

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२ : ४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ । यो सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु,’ थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गएराति पेट दुखेपछि प्रधानमनत्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । चिकित्सकहरुको परीक्षणपछि प्रधानमन्त्रीलाई ‘एपेन्डिसाइटिस भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको चारपटक डायलासिस भैसकेको छ । पछिल्लो पटक गत आइतबारमात्रै उनको मृगौलाको डायलासिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL