किन फस्टाएनन् नेपाली लगानीका उद्योग ? शेखर गोल्छाको विश्लेषण

नेपालमा उद्योग स्थापनाको इतिहास त्यति लामो छैन । नेपालको पहिलो उद्योग बिराटनगरमा बिराटनगर जुट मिलको नाममा स्थापित भएको थियो । सौभाग्यवश भन्नुपर्दा त्यो उद्योग मेरो हजुरबुबा श्रीरामलाल गोल्छाको नेतृत्वमा स्थापित भएको थियो । त्यो समयदेखि यहाँसम्म आइपुग्दा जुन रुपमा उद्योगको संख्या बढनुपर्ने थियो वा औद्योगिक गतिविधि बढ्नुपर्ने थियोे, हामी आधौगिक उत्पादनमा आत्मनिर्भर हुनुपर्ने थियो । दुर्भाग्यवस अहिले पनि त्यो अवस्था आउन सकेको छैन् । त्यसमा हामी निकै पछाडि छौं ।

अहिले हाम्रो अर्थतन्त्र आफ्नो उत्पादनमा भन्दा पनि आयातमै निर्भर भइरहेको छ । यस्तो अवस्था किन रह्यो वा छ भन्नुपर्दा विभिन्न पक्षहरुको विश्लेषण गर्नुपर्ने हुनुपर्छ । किन उद्योगीहरु उत्पादन तथा निर्यातमा भन्दा आयात र टे«डिङमा केन्द्रित भए भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । यसमा सबैले गम्भीर भएर सोच्नु जरुरी छ । यसको मुख्य कारण उद्योगमा रहेको चुनौतीहरुमा हामीले ध्यान पुर्याउन नसक्नु हो । यसमा हामीले बढी ध्यान दिनुपर्छ । किन लगानीकर्ता निर्यातमुखी उद्योगमा नगएर आयातमै सीमित छन् त । किन ट्रेडिङमै केन्द्रित छन् त भनेर हामीले सोच्नुपर्ने बेला भइसकेको छ ।
नेपालका उद्योगमा विभिन्न कालखण्डमा फरक किसिमका चुनौतीहरु आएका छन् ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj_bizkhabar

पहिला एउटा चुनौती थियो उद्योगमा लगानी गर्ने पुँजीको अभाव । त्यतिबेला हामीसँग पर्याप्त पुँजी थिएन भने बजार पनि सानो थियो । कुनै ठूलो उद्योग आउनेसक्ने अवस्था थिएन् । उद्योगले उत्पादन गर्न बजार ठूलो हुनुपर्छ । सानो बजारमा उद्योग फस्टाउन सक्दैन् । हामीले नेपालमा उत्पादन गर्ने क्षमता पनि पहिले थिएन् । विभिन्न कालखण्डमा यस्ता समस्या रहँदा पनि विस्तारै यो क्षेत्रले गति लिइरहेको छ । अहिलेको अवस्थालाई हेर्ने हो भने प्रतिव्यक्ति आय आज १ हजार डलर नाघिसकेको छ । हाम्रो क्षमता धेरै क्षेत्रबाट बढिसकेकोले अहिले उद्योग आउने सम्भावना धेरै छ । तर, अरु चुनौती पनि यथावत छ ।

कुनै समय नेपालमा ऊर्जाको निकै ठूलो समस्या थियो । ऊर्जाको समस्याले पनि हाम्रा उद्योगले उत्पादन गर्न सकेका थिएन् । उद्योगले १७/१८ घण्टा लोडसेडिङ व्यहोर्नुपर्ने अवस्था पनि आयो । यसले गर्दा हाम्रो क्षमतालाई कम गराएको थियो । ऊर्जाको समस्या अझै अलिअलि रहेको छ । तर, यो समस्या पहिलाको जस्तो रहेन् । विस्तारै यो समस्या पूर्ण रुपले समाधान हुँदै छ ।


अर्को विषय भनेको तरलताको अभाव हो । नेपालमा ठूला उद्योग आउने सम्भावना रहको भएपनि तरलताकोे अभावले आउन सकेका छैनन् । यो समस्या छोटो समयकोलागि देखिएको समस्या मात्रै हो कि जस्तो छ । अहिले हाम्रा बैंकको क्षमता पनि बढिसकेकोले यसमा पनि सहज हुँदै छ । उद्योगसँगको श्रम सम्बन्ध पहिले धेरै नै बिग्रिसकेको थियो । उत्पादन गर्ने नसक्ने अवस्था र क्षमता भन्दा निकै कम मात्र भएको अवस्थाबाट पनि हामी ग्रुज्रिएका थियौं । यो समस्याबाट पनि हामीले सुधार गरेर अगाडि बढिसकेको छौं । अहिले श्रम सम्बन्धमा ९० प्रतिशतभन्दा बढीे सुधार आइसकेको छ । श्रमिकले पनि बुझेका छन् । उद्योग नै नरहे हाम्रो भविष्य के हुन्छ भन्ने छ । श्रमिक र व्यवसायीबीच अहिले सम्बन्ध धेरै नै सुधार आएको छ ।


त्यस्तै बन्द हड्तालले गर्दा पनि विभिन्न समस्या आएको थियो । बन्द हड्तालले वातावरण निकै बिग्रिएको थियो । कतिपय उद्योग त बन्द भए । निर्यातमूलक उद्योगको अवस्था त झनै कमजोर भयो । अहिले जनस्तरसम्म पनि महसुस भएको छ । बन्द हड्तालले कसैलाई पनि फाइदा पुग्दैन भनेर बुझेका कारण पछिल्लो समय कम हुँदै गएको छ । नेपालको मात्रै हैन विश्वकै निजीक्षेत्र नाफामूलक हुन्छन् । जो पनि उद्योगी व्यापारीले समाज र राष्ट्रकोलागि लगाएको हो भन्छन् भने त्यो सत्य होइन् । किनकी जबसम्म नाफा हुँदैन तबसम्म हामी रोजगारी सिर्जना गर्न सक्दैनौ, कर पनि तिर्न सक्दैनौ र राज्य पनि अगाडि बढ्न सक्दैन् । नेपालको निजी क्षेत्रलाई त्यस्तै कुनै पनि हिन भावना छैन्, कि हामी नाफामूलक छौं । नाफामूलक हुँदा जतातिर बढी नाफा हुँन्छ हामी त्यतै तिर जाने हो । सरकारको काम उद्योगमा निजीक्षेत्रलाई आकर्षित गर्ने हो । त्यहाँ बढी नाफा देखाउन सक्ने काम सरकारको हो ।


अहिलको समयमा नेपालको उद्योगलाई सबैभन्दा ठूलो चुनौतीको रुपमा ‘कस्ट अफ डुइङ बिजनेश’ रहेको छ । अस्ति मात्रै डुइङ बिजनेशको तथ्यांक आएको छ । त्यो उत्साहजनक देखिएको छ । तर, हाम्रोमा कस्ट अफ डुईङ बिजनेश अत्यधिक बढी नै छ । यो बढी हुनाका कारण हाम्रो पूर्वाधार, सडक एकदमै कमजोर छ । बोर्डर तथा फ्लाइट कमजोर छन् । पूर्वाधारसँग जोडिएका पक्ष एकदमै कमजोर छन् । पूर्वाधारसँग जोडिएकाले कुनै पनि बिजनेश हामीकोमा आउन सकेका छैनन् । पूर्वाधार बलियो भयो भने मात्रै बिजनेश बढ्ने हो । भन्सारमा एउटा ट्रक १० देखि १५ दिन अड्कने अवस्था छ । सडकमा यातायात सेवा निकै गाह्रो छ । भैरहवा बोर्डरसम्म सामान ल्याउन पनि निकै गाह्रो छ । हाम्रा सडकहरु निकै समस्याग्रस्त र जोखिमपूर्ण अवस्थामा छन् ।


हाम्रो श्रमिकको उत्पादन पनि निकै कमजोर छ । त्यहिं कामदार बाहिर जाँदा राम्रो छ । बाहिर जाँदा हामी आत्मसम्मानका साथ काम गर्छौ तर त्यहि नेपाली हाम्रो देशमा हुँदा आफ्नो हक र हितको मात्रै कुरा गर्छौं । उत्पादनको कुरा गर्दैनौ । त्यसले गर्दा हाम्रो प्रडक्टिभिटि कम छ । आइएलओको रिपोर्ट हेर्ने हो भने पनि यसले पनि हामी कमजोर छौं भनेर देखाइरहेको छ । हाम्रो देशमा व्याजदर पनि बढी छ । अन्य देशमा बिजनेश गर्ने भनेपछि सहुलियतमा पाइन्छ । हाम्रोमा त्यो अवस्था छैन् । कर्जाको दर बढी भएकोले हाम्रोमा अलि बढी गाह्रो नै छ । हाम्रो अर्को समस्या जग्गा प्राप्ति पनि हो । अहिले काठमाडौंमा घरज जग्गा किन्नु भनेको न्युयोर्कमा घर किन्नुभन्दा पनि महंगो भइसकेको छ । त्यस्तो अवस्थामा भर्खरै विकास हुँदै गरेको हाम्रो मुलुकमा जग्गा किनेर उद्योग खोल्नु निकै गाह्रो कुरा हो ।


त्यसपछि हाम्रो देखिएको अर्को समस्या भनेको कच्चा पदार्थ पनि हो । त्यसमा पनि बन्दरगाहदेखि नेपाल आउने खर्च अधिक रहेको छ । पूर्वाधारको खर्च र कच्चा पदार्थको खर्च निकै धेरै छ । हाम्रोमा कच्चा पदार्थ उत्पादन नहुने र धेरै उद्योगको लागि बाहिरैबाट ल्याउनुपर्ने भएकोे यसमा पनि समस्या छ । धेरै जसो कच्चा पदार्थमा त भन्सार पनि लाग्ने भएकोल लागत त झनै बढेको छ । हाम्रो कर्मचारीतन्त्रका समस्या पनि धेरै छन् । व्यूरोक्रेटिक हडल बढी भएकै कारण उद्योगलाई समस्या हुने नै भयो । उत्पादन गर्न यसले पनि हाम्रो लागत बढाउने गरेको छ । अब यी सबै समस्याको समाधान के हो त ? देशमै उत्पादन गरेर आत्मनिर्भर बन्न सक्ने अवस्थाका लागि मुख्य गरेर पाँच वटा विषय मुख्य हुन सक्छ ।


पहिलो हरेक देशको कुनै नै कुनै तुलनात्मक लाभको विषय हुन्छ । खाडी मुलुकमा पेट्रोलियम पदार्थ, भारतमा ठूलो जग्गा जमीन छ । यस्तै चीनमा उत्पादन नै अधिक हुन्छ । बजार पनि ठूलो छ । तर, हाम्रोमा पनि त्यो सम्भावना छ । हाम्रोमा यस्तो लाभको विषय ऊर्जा हुन सक्छ । अर्को बर्षदेखि ऊर्जा हामीलाई धेरै हुँदै छ । हामीलाई चाहिने भन्दा दुई तीन गुणा बढी उपादन हुँदै छ । यो ऊर्जा भारतलाई बेच्नुभन्दा नेपालकै उद्योगलाई सहुयतमा बेचौ न त । यो हाम्रो कम्पिटेभिभ एड्भान्टेज हुन सक्छ । अर्को युद्ध स्तरमा हामीले पूर्वाधार निर्माण गर्नुपर्छ । हाम्रा विमानस्थल पूर्वाधार सडक निर्माण छिटो निर्माण गर्नुपर्ने छ । यसले गर्दा उद्योग धन्दा बढी आउने र उत्पादनको खपत बढी हुन्छ । अन्य उद्योगलाई पनि यस थप सहयोग पुर्याउन सक्छ ।


तेस्रो सरकारले उद्योगलाई जग्गा उपलब्ध गराउनुपर्छ । हाम्रोमा उद्योग स्थापना हुन नसक्नुको कारण नै जग्गा हो । जग्गा भयो भने उद्योग आउने सम्भावना पनि देखिन्छ । यो कामको लागि सरकारले लिजमा जग्गा दिनुपर्छ । चौथौ भनेको कच्चा पदार्थमा खर्च बढी छ । बन्दरगाहबाट यहाँसम्म ल्याउनको लागि लाग्ने खर्च बढी छ । हामीले काठमाडौंसम्म सीधै ल्याउने र नजिकको पोर्टबाट ल्याउन सहज हुुनुपर्छ । साथै एकीकृत भन्सार बिन्दूबाट ल्याउने र लागत कम बनाउने काम गर्नुपर्छ । यस्तै उत्पादन बढाउने काम गर्नुपर्छ । हरेक उद्योगबाट यस्तो कामका लागि श्रम लचकता हुनुपर्छ । अझ बढी श्रम लचकता गर्नुपर्ने हुन्छ । जसरी नयाँ श्रम ऐन पहिलाको भन्दा बढी लचक छ । उत्पादनको आधारमा काममा लगाउने आधार उद्योगलाई चाहिन्छ । काम गर्न नसक्नेलाई जसरी बाहिर तुरुन्तै हटाउन सक्छ त्यो हामीकोमा पनि हुनुपर्छ । यसैका लागि हायर एन्ड फायरको व्यवस्था हुनुपर्छ ।


स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । हाम्रा निजी क्षेत्रले पनि नेपालमै उत्पादित सामानको प्रयोग गर्नुपर्छ । उत्पादन बढाई स्वदेशी उत्पादन प्रयोगलाई प्राथमिकता दिनुपछ । यी उपाय भएको अवस्था हामी आत्मनिर्भरतातर्फ जान सक्छौं । लगानीकर्तालाई स्वतस्र्फूत बनाउन कुनै नीति आफैंमा अस्थिर चाहिँ हुँदैन् । पहिले भन्दा अहिले धेरै नीति आएको छ । नयाँ उद्योग ऐन, सेज नीति, श्रम ऐन, उपभोत्ता कानुन, वैदेशिक लगानी ऐन आएको छ । यो कानूनमा स्थिरता छ ।
कुनै पनि राष्ट्रले सन्तुलनकारी नीति लिनुपर्छ ।

आयात गर्दा राजस्व बढ्छ भने उद्योग खोल्दा रोजगारी । अबका दिनमा राजस्वभन्दा पनि उद्योगलाई फोकस गरेर रोजागरी बढाउने काम गर्नुपर्छ । धेरै उत्पादन भएपछि आफैं यो क्षेत्रको विकास हुन्छ । जस्तो चिनी आयात गर्दा सररकालाई राजस्व बढी आउँछ, सस्तोमा पाइन्छ र उपभोक्तालाई पनि सहज हुन्छ तर रोजगारी हुँदैन् । यसलाई नेपालमै उत्पादन गर्ने हो भने रोजगारी बढ्छ तर सरकारलाई राजस्व धेरै आउँदैन् । तर, नेपालमा चिनी उत्पादन गर्दा राजस्व पनि घटने र उपभोक्तलाई पनि महँगो पर्छ ।


यस्तोमा अब हामीले कुन बाटो हिंडने भन्ने सजिलो छैन । यस्तो अवस्थामा हामीले बीचको बाटो तय गर्नुपर्छ । जुन प्रडक्टमा भ्यालु एडिसन हुन सक्ने सम्भावना छ त्यस्ता उद्योगलाई एकदम प्रोत्साहन गर्न सक्नुपर्छ । यसमा कस्ता उद्योगलाई गर्ने, ओभन ब्लांकेट पनि गर्दा भोलि राजश्व शून्य हुन सक्छ । तयसैले भ्यालु एडिसन नगरेको पनि हुन सक्छ ।


तर, यसले भ्यालु एडिसन भने हुन्छ । त्यसै पछिल्लो समय सरकारले क्लिंकर उद्योगलाई प्रोत्साहन गरेको छ । यो उद्योगलाई सहजीकरण गरेकै कारण अहिले विदेशी लगानी यहाँ आउन सकेको छन् । हामीले आफैंले पनि सिमेन्टमा राम्रो उत्पादन गर्न सकेका छौं । पहिले एउटा क्लिंकर उद्योगलाई सहजीकरण गर्दा एकपछि अर्को गर्दै जाँदा आज सिमेन्ट उद्योग स्थापित हुन सकेका छन् । सरकारले रोजगारी बढ्ने र स्वदेशी कच्चा पदार्थ उपयोग हुने उद्योगलाई प्रोत्साहन गर्नु पर्छ । उदाहरणका लागि सरकारले क्लिंकर उद्योगलाई सहुलियत दियो र उद्योगीले पनि सिमेन्टमा लगानी गरे । आज हामी अन्तराष्ट्रिय स्तरको सिमेन्ट उत्पादन गर्न सफल भएका छौं र आत्मनिर्भर भएका छौं ।


त्यसैगरी सरकारले स्टेप बाई स्टेप सहजीकरण गर्नुपर्छ । यस्तै अहिले चिनी उद्योगमा सरकारले सहुलियत दिन गर्नसक्छ । मोटरसाइकल वा गाडी एसेम्बली उद्योग पनि हुन सक्छ । जसलाई सरकारले सहजीकरण गर्न सक्छ । अहिले एउटा उद्योगलाई सहजीकरण गरेर गयो भने भोलि रोजगारी बढ्छ र त्यस्ता उद्योगले हजारौलाई लाभ दिन सक्छ । यसमा सरकारले दृढ आत्मबलका साथ अगाडि बढ्नुपर्छ । देशमा उद्योग ल्याउनु भनेको त्यति सजिलो पनि छैन् । गाडी देशमा बढ्ने हो भने राजस्व आउँदैन् । यसमा ठूलो राजनीतिक नेतृत्व चाहिँन्छ । राजस्व मात्रै खोज्ने हो भने उद्योग त आउन सक्दैन् । भोलीका दिनमा बजार राम्रो देखिएको छ । आउने समय नेपालको लागि स्वर्णिम छ । निजी क्षेत्रसँग सरकारले हातेमालो गरेर जानुपर्छ । यसमा सरकार उदार हुनैपर्छ ।

(गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन् )


फेसबूक कमेन्ट गर्नुहोस्

Social Media Auto Publish Powered By : XYZScripts.com
DMCA.com Protection Status