Logo

हल्लाभन्दा फरक बन्यो मन्त्रिपरिषद्, नयाँ ६ अनुहारले मारे ‘इन्ट्री’ (सूचीसहित)

हल्लाभन्दा फरक बन्यो मन्त्रिपरिषद्, नयाँ ६ अनुहारले मारे ‘इन्ट्री’ (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रीपरिषद् पुर्नगठन गरेका हुन् ।

laxmi

उनले केही मन्त्रीलाई मात्र हटाएर नयाँ मन्त्रिमण्डल गठन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको सूचीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी समेत हेरफेर गरेका छन । उनले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै कानुन न्याय तथा संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् । यादवको स्थानमा तत्कालिन कानून मन्त्री भानुभक्त ढकाललाई नियुक्त गरिएको छ ।

नयाँ मन्त्री मण्डलमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा हृदयेश त्रिपाठी, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा धनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामेश्व राय यादव, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामा बसन्त नेम्वाङ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा मोतीलाल दुगडलाई नियुक्त गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा नवराज रावत र शहरी विकास राज्य मन्त्रीमा रामविर मानन्धरलाई नियुक्त गरिएको छ ।

पुरानो मन्त्रिमण्डबाट भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, संघीय मामिलामन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई हटाईको छ ।

प्रधानमन्त्री ओलीले अन्य मन्त्रीलाई भने यथावत राखेका छन् । नवनियुक्त मन्त्रीहरुलाई विहीबार विहान राष्ट्रपति निवास शितल निवासमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL