Logo

बजेट नपाए पछि जयनगर–जनकपुर रेल संचालन अन्यौलमा, अर्थ भन्छ–रोक्नु पर्ने कुनै कारण छैन

बजेट नपाए पछि जयनगर–जनकपुर रेल संचालन अन्यौलमा, अर्थ भन्छ–रोक्नु पर्ने कुनै कारण छैन



काठमाडौं । अर्थ मन्त्रालयले बजेट नदिए पछि जयनगर–जनकपुर रेल संचालन अन्यौलमा परेको छ । रेल विभागले सम्पूर्ण तयारी गरे पनि अर्थले बजेट स्वीकृत नगरे पछि रेल संचालन अन्यौलमा परेको हो । सरकारले आर्थिक बर्ष २०७६÷७७ को बजेटमार्फत पूर्व पश्चिम रेलमार्ग तथा काठमाडौंमा मेट्रो र मोनो रेलमार्ग निर्माणको लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

बिभागका अनुसार हाल जयनगर–जनकपुर रेलमार्गमा रेल संचालन गर्न आवश्यक बजेट बिनियोजनको लागि मन्त्रालयमा प्रस्ताव पेश गरेपनि हालसम्म प्रक्रिया अघि बढन सकेको छैन । ‘तर, उक्त प्रस्ताव के कति कारणले अगाडि बढ्न नसकेको हो कुनै जानकारी पाउन सकिएन’, विभागका महानिर्देशक बलराम मिश्रले बिजखबरसँग भने ।

उनले भने, ‘एउटै कामको लागि कति धाउनु हाम्रो अरु काम हुँदैन र ? संधै मन्त्रालय धाउनु पर्ने ?’ आफुहरुले जति सक्दो छिटो काम सम्पन्न गर्नका लागि प्रस्ताव पेश गरे पनि अर्थ मन्त्रालयको बजेट महाशाखाले उक्त प्रस्ताव अगाि नबढाउँदा समयमै रेल संचालन गर्न नसकिने अवस्था आएको पनि मिश्रले बताए ।

बिभागले भने उक्त रेलमार्गमा रेल संचालन गर्न कर्मचारी छनौटदेखि कम्पनी ऐनसमेत बनाएर तयारी अवस्थामा रहेको जानकारी दिएको छ । मिश्रले भने, ‘हामीले गर्नु पर्ने सबै काम भईसकेको छ । तर, मन्त्रालयले बजेट स्वीकृति नदिएसम्म केही भन्न सकिँदैन ।’ ‘अहिले सम्म कर्मचारी दरवन्दी समेत स्वीकृत गरेको छैन, कसरी चल्ला र ?’, उनले भने, ‘हाम्रो तयारी पूरा भएको छ । तर, समस्या धेरै छ अहिले भन्न मिल्दैन, बजेट कर्मचारीको ब्यवस्थापन नभएसम्म रेल ल्याएर के गर्ने ?’

यता अर्थ मन्त्रालयका सहसचिव राम शरण पुडाशैनी भने बजेट रोक्नु पर्ने कुनै कारण नभएको बताउँछन् । उनले भने, ‘अख्तियारी दिनु नपर्ने गरी बजेट आईसकेको छ हामीले किन रोक्ने ?’ जति खर्च गर्नु पर्ने हो त्यस्को अख्तियारी उनीहरुसँग नै छ हामीले रोक्ने भन्ने कुरा नै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL