Logo

फ्रेस जुस खाँदै हुनुहन्छ ? मधुमेहका लागि यो पनि अन्य जुस जत्तिकै घातक

फ्रेस जुस खाँदै हुनुहन्छ ? मधुमेहका लागि यो पनि अन्य जुस जत्तिकै घातक



काठमाडौं । भनिन्छ प्राकृतिक खानेकुराले स्वस्थ्यलाई असर गर्दैन । जसका कारण हामीहरु प्राकृतिक खानेकुरा जस्तै फलफुल, फ्रेस पेय पदार्थ लगायतका खानेकुरा खान पछि पर्दैनौ ।

पछिल्लो समय गरिएको एक अनुसन्धानले प्राकृतिक खानेकुरा पनि बनाईएको खानेकुरा जत्तिकै घातक हुने पुष्टी गरेको छ ।

हालै अमेरिकाको हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले गरेको अध्ययन अनुसार चिनी नमिसाईएको पुर्ण प्राकृतिक पेय पदार्थ (फ्रेस जुस)ले पनि मानिसलाई मधुमेहको समस्या निम्त्याउँछ ।

अध्ययन अनुसार प्राकृतिक पेय पदार्थ जस्तै शतप्रतिशत फलफुलको जुसले पनि मानिसलाई मधुमेह हुने समस्या उत्तिकै मात्रामा निम्त्याउँछ ।

उक्त अध्ययनमा विभिन्न मानिसहरुलाई केही समयका लागि कसैलाई फ्रेस जुस र कसैलाई चिनी मिसाईएको जुस खुवाईएको थियो । उक्त अध्ययनमा दुबै समुहका मानिसहरुमा उत्तिकै मात्रामा मधुमेह हुनसक्ने लक्षणहरु देखिएको अनुसन्धाले देखाएको थियो ।

तसर्थ उक्त अध्ययनले मधुमेहको लक्षण देखिएका मानिसहरुले बनाईएको जुस नखाई पुर्ण प्राकृतिक जुसहरु खानु पनि उत्तिकै वेफाईदा रहेको देखाएको हो ।

अध्ययनमा २ समुहका मानिसहरुलाई ४ बर्षका लागि दैनिक प्राकृतिक जुस र बनाईएको जुस खुवाईएको थियो । जसमा प्राकृतिक जुस खाने मानिसहरुका पनि मधुमेह हुनसक्ने लक्षण १८ प्रतिशतले बढेको पाईएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL