Logo

पर्यटक आगमन बढ्यो तर आम्दानी बढेन, व्यवयासी भन्छन्, भारतीय र चिनियाँ पर्यटक बढेर नेपाललाई फाइदा छैन

पर्यटक आगमन बढ्यो तर आम्दानी बढेन, व्यवयासी भन्छन्, भारतीय र चिनियाँ पर्यटक बढेर नेपाललाई फाइदा छैन



काठमाडौं । भ्रमण बर्ष नजिकिएसँगै पर्यटकको आगमन बढेको बिभागको तथ्याङ्कले देखाएको छ । तर पर्यटकको आगमन बढे पनि उनीहरुले गर्ने खर्चमा भने कुनै वृद्धि हुन सकेको छैन ।

पछिल्लो समयमा चिनियाँ पर्यटक र भारतीय पर्यटकको अगमन बढे पनि अन्य मुलुकको पर्यटकको संख्या बढ्न नसक्दा पर्यटकले गर्न खर्चमा वृद्धि नभएको सरोकारवाला बताउँछन । हामी पर्यटक बढ्यो भन्छौं तर त्यस्को फाईदा हामीलाई खोई ? जब चिनियाँ पर्यटक र भारतीय पर्यटक आउनाले नेपाललाई कुनै फाईदा छैन । त्यो भन्दा दोस्रो मुलुकको पर्यटक बढाउनु आजको आवश्यक्ता भएको पर्यटन ब्यवसायीहरुको भनाई रहेको छ ।

विशेषगरी चिनियाँ पर्यटक र भारतीय पर्यटक नेपाल आउँदा उनीहरुका आफ्नै देशका नागरिकले संचालन गरेको होटलमा खान बस्न पुग्छन । जसले गर्दा नेपालीलाई कुनै फाईदा छैन । उनीहरुले जे जति रकम खर्चेका हुन्छन सबै उनीहरुकै देशमा पुग्छन अनि यस्ता पर्यटक बढेर हामी चै संख्यामात्रै गनेर बस्ने हो ? ब्यवसायीहरुको प्रश्न रहेको छ ।

विशेषगरी चिनियाँ पर्यटक आउँदा नेपालमा खाना तथा बस्नको लागि खर्च हुने रकम समेत आफ्नै देशमा पहिला नै भुक्तानी गरेर आउने गरेको एक होटल व्यवसायीले जानकारी दिए । ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले भने सरकारले २० लाख पर्यटक मात्रै भनेको तर कस्तो पर्यटकलाई प्राथमिकतामा राख्ने भनेर यकिन नगरेकाले हामीले लक्जरी पर्यटक हेर्नु पर्ने बताएका छन ।

उनले संख्यात्मक मात्रै नभएर आर्थिक वृद्धिमा पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन । कुनै पर्यटक आएर चिनियाँ होटल वा भारतीय होटलमा बस्छन भने त्यो हाम्रो लागि कुनै फाईदा नुहने र २० लाख पुर्याउन मात्रै काम लाग्ने उनको धारण रहेको छ ।

तर होटल एशोसिएशन अफ नेपाल (हान) का उपाध्यक्ष बिनायक शाहले भने त्यस्तो संकुचित धारणा राख्न नहुने बताएका छन । हामी अहिले बिकाशको क्रममा रहेकाले पर्यटकलाई कसरी नेपाल आउने हो त्यो वातवरण बनाउनु पर्ने उनको धारणा रहेको छ ।

हामीले संख्यात्मक र गुणात्मक दुबै हेर्नु पर्छ तर त्यो भन्दा पहिले हामीले हाम्रो पूर्वधारमा जोड दिन जरुरी छ । काठमाडौं देखि थानकोट जाने बाटो देखि लिएर बौद्ध क्षेत्रको लागि सरकारले बजेट समेत विनियोजन गरेको छ तर काम हुन सकेको छैन ।

‘जवसम्म यो माकुराको जालो सफा गर्न सकिँदैन तव सम्म गुणात्मक पर्यटक ल्याउन सकिँदैन,’ उनले भने, ‘सबै भन्दा पहिले काठमाडौं भित्रको सडकको खाडल पुर्ने काम गरौं न अनि हेरौ, अहिले के छ भने नेपालमा एउटा ट्रापिक लाईट समेत राख्न सकेको छैन अनि कसरी गुणात्मक पर्यटकको आश गर्नु ।’

प्रतिक्रिया दिनुहोस्
MBL