Logo

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको अनुमति

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको अनुमति



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा ज्योति ग्रूपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजालसले ज्योतिलाई पक्राउ गर्न अनुमति दिएका हुन ।

प्रहरीले पद्य ज्योति विरुद्ध पनि जाहेरी परेको भन्दै पक्राउन गर्न अनुमति मागेसँगै भट्टराईको इजलासले उक्त आदेन दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

यस अघि ठगी आरोपमा ज्योति ग्रूपमा उपाध्यक्ष डा. रुप ज्योति र उनका छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरिसकेको छ । कात्तिक २१ गते पक्राउ परेका उनलाई २९ गतेसम्म थुनामा राख्न आदेश दिईसकेको छ ।

उनीहरु विरुद्ध घरजग्गा सम्बन्धी ठगी मुद्दामा बिजेन्द्र मल्लले महानगरीय प्रहरी परिसरमा ठगी मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा ज्योति परिवारका ९ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL