Logo

जेट एयर उडान बन्दको प्रभाव : सिजनमै घटे युरोप र अमेरिकी पर्यटक

जेट एयर उडान बन्दको प्रभाव : सिजनमै घटे युरोप र अमेरिकी पर्यटक



काठमाडौं । पछिल्लो समय अमेरिकाबाट आउने पर्यटकको संख्यामा कमि आएको छ । पर्यटन विभागको तथ्याङ्क अनुसार २०१९ को अक्टुबरमा १२ हजार १ सय ९ जना अमेरिकी पर्यटक नेपाल भित्रिएका हुन ।

laxmi

गत बर्षको सोही अबधिमा १२ हजार ४ सय १४ जना अमेरिकी पर्यटक नेपाल भित्रिएका थिए ।
त्यस्तै युरोपीयन मुलुकबाट भित्रिने पर्यटकको संख्यामा पनि कमि आएको बिभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालबाट जेट एयरको उडान बन्दको प्रभाव भने युरोपियन मुलुकहरुमा परेको सम्बद्ध बिज्ञहरुको भनाई रहेको छ । जेट एयरवेजको उडान हुँदा राम्रै युरोपियन तथा अमेरिकी पर्यटकहरु नेपाल आउने गरेको भए पनि अहिले जेट एयरवेजको उडान बन्दसँगै नेपाल आउने पर्यटकमा पनि कमि आएको हो ।

विभागको तथ्याङ्क अनुसार अक्टुबरमा युरोपियन मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्या ४२ हजार २ सय ९७ जना रहेको छ । गत बर्षको सोही अवधिमा नेपाल भित्रिने युरोपियन पर्यटकको संख्या ४४ हजार ७ सय ७३ जना रहेको थियो ।

जेट एयरको उडान बन्द नै युरोपियन मुलुक तथा अमेरिकी पर्यटक घट्नुको मूख्य कारण भएको सम्बद्ध बिज्ञहरुको भनाई छ । यस्तै युरोपियन मुलुकहरुमा भएको आर्थिकमन्दी तथा महंगो हवाई भाडा पनि पर्यटक घट्नुको मुख्य कारक हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL