Logo

आन्तरिक पर्यटकको रोजाईमा ग्रामिण भेग, पोखरामा बस्ने आन्तरिक पर्यटकको संख्या घट्यो

आन्तरिक पर्यटकको रोजाईमा ग्रामिण भेग, पोखरामा बस्ने आन्तरिक पर्यटकको संख्या घट्यो



काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङलगायतका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । पछिल्लो समयमा अन्नपूर्ण बेस क्याम्प, तिलिचो ताल, मार्दी हिमाल घोडेपानीलगायतका क्षेत्रमा पदयात्रीको आगमनसँगै ग्रामिण भेगमा आन्तरिक पर्यटकको चलहपलह बढेको हो ।

ग्रामिण भेगमा आन्तरिक पर्यटक बढे पनि पोखरामा भने त्यस्ता पर्यटकहरुको बसाईमा कमि आएको पश्मिाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिएका छन । उनका अनुसार अधिकांश आन्तरिक पर्यटक यसभन्दा अगाडी पनि पोखरा आएको हुनाले उनीहरु सिधै ग्रामिण भेगमा जान रुचाउँछन । जसले गर्दा पोखरामा उनीहरुको बसाई अवधि भने छोटिँदै गएको हो ।

पहिले पहिले ३ रात सम्म पोखरामानै विताउने पर्यटकहरु अहिले आउँदा र जाँदा मात्रै बस्ने गरेको तुलाचनले जानकारी दिएका छन । उनका अनुसार केही नयाँ आन्तरिक पर्यटक वा गोष्ठी सेमिनारमा आउनेहरुमात्रै पोखरामा बस्ने गरेको छ ।

यसरी ग्रामिण पर्यटकमा रमाउने ८० प्रतिशत आन्तरिक पर्यटक भने २० देखी ३५ बर्ष उमेर समुहको रहेको समेत उनले जानकारी दिएका छन । त्यस्तै मुक्तिनाथ जाने धार्मिक पर्यटक भने ५० बर्ष उमेर भन्दा माथीका रहेका छन ।

दशैंको अवसरमा मुस्ताङको घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ थिए अहिले पनि अवस्था त्यस्तै छ तुलाचनले भने । सो क्षेत्रमा पर्यटकका लागि करिब २८० होटल तथा लज सञ्चालनमा छन् ।

तुलाचनका अनुसार पोखरामा पर्यटकको बसाई अवधि छोटो हुनुको कारण भने सडक यातायात र हवाई यातायात रहेको छ । बेलुका ५ बजेसम्म पनि आन्तरिक उडान हुने र पोखरा देखि काठमाडौं आउनका लागि राती अबेर सम्म पनि पर्यटक बसहरु भए पछि पर्यटकको बसाई अवधि छोटो भएको उनको बुझाई रहेको छ ।

त्यस्तै पोखरा बाट घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, तिलिचो ताल, मार्दी हिमाल घोडेपानीलगायतका क्षेत्रमा समेत यातायातको पहुँच पुग्न थाले पछि पोखरामा बस्ने पर्यटकको अवधि छोटिँदै गएको हो ।

अहिले बाग्लुङ, मुस्ताङ सिधै काठमाडौंबाट जान सकिने भएकाले पनि पोखरामा आन्तरिक पर्यटकको चहलपहलमा कमि आएको हो । तर जे भए पनि एक रात पोखरामा बस्न भने छुटाउँदैनन् तुलाचनले बिजखबरसँग भने ।

प्रतिक्रिया दिनुहोस्
MBL