Logo

३ बर्षमा ४०६४ होटल रेष्टुँरा दर्ता, अर्ब माथीका ४ ओटा मात्रै

३ बर्षमा ४०६४ होटल रेष्टुँरा दर्ता, अर्ब माथीका ४ ओटा मात्रै



काठमाडौं । पछिल्लो ३ बर्ष यता ४ हजार ६४ होटल लज तथा रेष्टुँरा दर्ता भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्याङ्क अनुसार २०७४ बैशाख देखी ०७६ असोज अन्तिमसम्म आईपुग्दा ४ हजार ६४ होटल लज तथा रेष्टुँरा दर्ता भएको छ ।

जस मध्ये २०७४ बैशाखदेखि चैत सम्ममा १ हजार २ सय ९६ होटल लज तथा रेष्टुँरा दर्ता भएका छन भने २०७५ बैशाखदेखि चैत सम्ममा १ हजार ७ सय ८७ होटल लज तथा रेष्टुँरा दर्ता भएका छन ।
त्यस्तै २०७६ बैशाखदेखि असोज सम्ममा ९ सय ८१ ओटा होटल लज तथा रेष्टुँरा दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो ३ बर्षमा ४ हजार ६४ होटल मध्ये ५० करोड रुपैयाँ देखि १ करोड रुपैयाँ सम्म अधिकृत पुँजी भएका होटलको संख्या भने १५ ओटा रहेका छन । १ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएका होटल लज तथा रेष्टुँराको संख्या भने ४ ओटा मात्रै रहेका छन । १ अर्ब रुपैयाँ भन्दा बढी लगानीका होटल भने ग्राण्ड सिदार्थ एण्ड ग्रुप, हाईलाईफ हस्पिटालिटी, काठमाडौं सेन्ट्रल होटल र एडभान्स अर्गाइल होटल एण्ड इन्भेष्टमेन्ट रहेका छन ।

त्यस्तै ५० करोड रुपैयाँ देखि १ करोड रुपैयाँ सम्म अधिकृत पुँजी भएका होटल भने वन्डर्स नेपाल काठमाडौं, इन्टरसिटी इन्भेष्टमेन्ट फण्ड, होटल वन्डरल्याण्ड काभ्रेपलाञ्चोक, होटल विरगञ्ज प्लाजा, बालाजी हस्पिटालिटी, वर्णबास म्युजियम होटल, हारमोनी हस्पिटालिटी, यती हस्पिटालिटीलगायतका रहेका छन ।

भ्रमणबर्ष नजिकिएसँगै साना होटल खुल्ने क्रम बढे पनि ठूला होटलमा भने लगानी बढ्न नसकेको सम्बद्ध बिज्ञहरुको भनाई रहेको छ । अघिल्लो बर्षमा अर्ब माथीको होटलमा लगानी गर्ने गरी दर्ता भए पनि यस बर्ष भने हालसम्म ठूला होटलमा लगानी गर्ने गरि कुनै पनि दर्ता नभएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL