Logo

नेपाल–चीनबीच २० समझदारी पत्रमा हस्ताक्षर

नेपाल–चीनबीच २० समझदारी पत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल र चीनबीच १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

laxmi

सरकार प्रमुखहरुको बार्ता समाप्तीसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

साथै सम्झौतामा महत्वपूर्ण मानिएको केरुङ–काठमाडौ रेलमार्गको डीपीआर अध्ययन टुंग्याउने, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, काठमाडौंको टोखादेखि छहरेसम्मको सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, उत्तरदक्षिण र कालीगण्डकी, कर्णाली करिडोरको विस्तार गर्ने लगायतका बुँदाहरुमा समझदारी भएको छ ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान गरेका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL