Logo

दशैंको लागि सकियो हवाई टिकट, उडान थप नगर्ने योजनामा विमान कम्पनी

दशैंको लागि सकियो हवाई टिकट, उडान थप नगर्ने योजनामा विमान कम्पनी



काठमाडौं । नेपालीहरुको महान चाड दशै नजिकिएसँगै नेपाल वायुसेवा निगमको टिकट शतप्रतिशत बुकिङ भएको छ । निगमका अनुसार शुक्रबारसम्ममा सबै टिकट बुकिङ भएको हो ।

laxmi

सडक यातायात पुगे पनि यस बर्ष भने निगमको जहाजमा यात्रुको संख्या बढ्ने देखिन्छ । निगमले केही समय अघिदेखि गरेको परीक्षण उडान र केही स्थानहरुमा गरेको नियमित उडानका कारण पनि यस पटक निगममा यात्रुको चाप बढ्को निगमले जानकारी दिएको छ ।

चाडबाड नजिकिएसँगै काठमाडौंलाई कर्मथलो बनाएका बिभिन्न जिल्लाका ब्यक्तिहरुले पहिलेनै टिकट बुक गरेको हो । त्यस्तै श्री एयरलाईन्सका अनुसार काठमाडौं छाड्ने तयारीमा रहेका यात्रुहरुले ८० प्रतिशत टिकट बुकिङ गरेको कम्पनीका प्रवक्ता अनिल मान्नधरले जानकारी दिएका छन ।

आन्तरिक उडानमा प्रभुत्व जमाउँदै आएको बुद्ध एयरको भने ६० प्रतिशत मात्रै टिकट बिक्री भएको बुद्धका मार्केटिङ म्यानेजर रुपेश जोशीले जानकारी दिएका छन । त्यस्तै सौर्य एयरको पनि शतप्रतिशत टिकट बिक्री भएको छ ।

कम्पनीका चिफसेल्स एन्ड मार्केटिङ प्रमुख मुकेश खनालका अनुसार दशैंको लागि वानवे टिकट बिक्री भईसकेको हो । गत बर्ष अधिकांश विमान कम्पनीहरुले दशैंमा उडान थप गरे पनि यस पटक भने कुनै पनि विमान कम्पनीहरुले उडान थप नगर्ने भएको छ ।

विमान कम्पनीहरुका अनुसार घटस्थापना देखि एकादशी सम्मको लागि टिकट बुकिङ भए पनि फर्कदा खाली हुने भएकाले यस भन्दा बढी टिकट बिक्री नगर्ने र उडान समेत थप नगर्ने भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL