Logo

५ वर्ष पछि बार्षिक ३५ लाख पर्यटक भित्र्याउने मन्त्री भट्टराईको उदघोष, हवाई सुरक्षामा कुनै कम्प्रमाईज हुँदैन

५ वर्ष पछि बार्षिक ३५ लाख पर्यटक भित्र्याउने मन्त्री भट्टराईको उदघोष, हवाई सुरक्षामा कुनै कम्प्रमाईज हुँदैन



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले आगामी ५ बर्ष पछि ३५ लाख पर्यटक भित्र्याउने बताएका छन ।

laxmi

उनले शनिबार पत्रकारहरुसँगको कुराकानीमा आगामी ५ वर्ष पछि हरेक बर्ष ३५ लाख पर्यटक भित्र्याउने गरी सरकारले तयारी थालेको बताएका हुन । अहिले पर्यटन क्षेत्रबाट कुल ग्राह्स्थ उत्पादन (जिडिपीमा) ३ प्रतिशतमात्रै योगदान रहेको भन्दै अबको ५ बर्ष भित्र १० प्रतिशत पुर्याउने उनको भनाई रहेको छ ।

पर्यटकिय पूर्वाधार कमजोर रहेको बताउँदै उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रलाई पिलरको रुपमा खडा गर्ने गरी सरकारले काम थालेको समेत जानकारी दिए । साथै कमजोर रहेको पूर्वधारमा जोड दिने मन्त्री भट्टराईको उदघोष छ ।

उनले शनिबार पत्रकार भेटघाटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट घोषणा गर्नका लागि आवश्यक तयारी गर्न राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेको र यही डिसेम्बर भित्रै सम्पूर्ण संरचनाहरु तयार हुने बताएका छन ।

विमानस्थलको स्लटहरु समेत पूर्ण रुपमा प्रयोगमा नआएकाले साँझ ५ बजे देखि ८ बजे भित्रमा आउने एयरलाईन्स कम्पनीहरुलाई सहुलियत प्रदान गर्ने समेत उनले बताए । विमानस्थलले हाल बार्षिक ८० लाख यात्रु धानेको भन्दै अब उक्त यात्रु संख्या धान्न नसक्ने भए पछि सो विमानस्थललाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरि संरचना स्तरोन्नती गर्ने उनले बताए ।

हवाई सुरक्षामा कुनै कम्प्रमाईज हुँदैन

पर्यटन मन्त्री भट्टराईले नेपालमा हुने हवाई सुरक्षामा कुनै कम्प्रमाईज नहुने बताएका छन । हवाई सुरक्षामा बार्षिक औसत ६० प्रतिशत भन्दा माथी अंक ल्याउने र हाल ६५ प्रतिशत अंक प्राप्त गरेकाले छिट्टै इयुको कालोसुचीबाट समेत मुक्त हुने बताएका छन ।

इयुले राखेको शर्तहरु मध्ये चासोको विषयमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक बनाउन बिभिन्न मन्त्रालयहरुसँगको छलफल पछि ड्राफ्ट तयार भई आउँदो हिउँदे अधिबेशनमा पेश गर्ने तयारीमा रहेकाले इयुको सकरात्मक निर्णयको पक्षमा रहेको मन्त्री भट्टराईले विश्वास ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL