Logo

सामाजिक संजालले बढाउँदैछ डिप्रेसनको समस्या, किशोरीहरु बढी पीडित

सामाजिक संजालले बढाउँदैछ डिप्रेसनको समस्या, किशोरीहरु बढी पीडित



काठमाडौं । पछिल्लो समय केटाहरु भन्दा किसोरीहरुले सामाजिक संजालमा २ गुणा बढि डिप्रेसनका लक्षण देखाईरहेको पाईएको छ । खासगरी सामाजिक संजालमा हुने उत्पीडन, निद्रामा डिस्ट्रव, शरिरको नराम्रो बनावट तथा आत्मसम्मानको कमिका कारण यस्ता लक्षणहरु किसोरीहरुले बढि देखाउने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन ।

बेलायतमा ११ हजार जना युवाहरुबीच हालै गरिएको एक अनुसन्धान अनुसार १४ बर्षका किशोरीहरुले धेरैभन्दा धेरै सामाजिक संजालको प्रयोग गर्ने गरेका छन । जसमा २ भागको ५ भाग किशोरीहरुले प्रतिदिन ३ घण्टा सामाजिक संजालको प्रयोग गर्छन । अनुसन्धानले १२ प्रतिशत सामान्य रुपमा र ३८ प्रतिशत बढिभन्दा बढि लगभग दिनमा ५ घण्टाभन्दा बढि सामाजिक संजालको प्रयोग गर्ने युवायुवतिहरुले डिप्रेसनको धेरै लक्षण देखाएको जानकारी दिएको छ ।

अनुसन्धानकर्ताहरुले उक्त अनुसन्धानमा सामाजिक संजालसँग जोडिएका समस्याको बारेमा बुझ्न खोज्दा ४० प्रतिशत महिला र २५ प्रतिशत पुरुषहरु उत्पीडनमा र साईबर बुलिङको सिकार भएको पाईएको छ । यस्तै ४० प्रतिशत महिला र २८ प्रतिशत पुरुष निद्राका कारण समस्यामा पर्ने गरेको पत्ता लागेको छ । यस्तै चिन्ता र निद्रामा समस्याका कारण पनि कतिपय युवाहरु डिप्रेसनको सिकार बन्ने अनुसन्धानले देखाएको छ ।

केटीहरु सामाजिक संजालको असर, आत्मसम्मानको कमी तथा आफ्नो शरिरको बनावटको सम्बन्धमा सोचेर डिप्रेसनको सिकार हुने गर्दछन जबकी केटा मान्छेहरु पनि सोही अनुसारकै समस्याका कारण डिप्रेसनमा जाने गरेको पाईएको छ ।

अनुसन्धानकर्ताहरुले उक्त अनुसन्धानपश्चात तुरुन्तै अभिभावकलाई भेला गराएर सामाजिक संजालको दुरुपयोगको बारेमा जानकारी दिएका थिए । साथै उनिहरुले आफ्ना छोराछोरीलाई यस्ता सामाजिक संजालहरुले डिप्रेसनको सिकार गरिरहेको बताउँदै यसबाट टाढा राख्न समेत सुझाव दिएका छन ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL