Logo

काठमाडौंका सडकमा गुडन थाले सुन्दरका ४ विद्युतीय बस, थप ५० बस ल्याउन आजै सम्झौता

काठमाडौंका सडकमा गुडन थाले सुन्दरका ४ विद्युतीय बस, थप ५० बस ल्याउन आजै सम्झौता



काठमाडौं । इतिहासमै पहिलो पटक सुन्दर यातायातले सोमबारदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनमा ल्याउने भएको छ ।

सुन्दर यातायातले ४ ओटा विद्युतीय बस आजै देखि काठमाडौं उपत्यकामा संचलालनमा ल्याउन लागेको हो । कम्पनीले चीनमा निर्माण भएका २५ ओटा ठूला सार्वजनिक विद्युतीय बस यसै बर्ष भित्र्याउने तयारी गरेको छ । जस मध्य तत्काल ११ ओटा बस ल्याउनका लागि कागजपत्र पठाएको ८० दिन भएको भन्दै अध्यक्ष थापाले ति बस छिट्टै आईपुग्ने जानकारी दिएका छन ।

त्यस्तै आगामी आर्थिक बर्षमा थप ५० ओटा बस ल्याउने गरि चिनियाँ कम्पनी बीएकेसँग आजै सम्झौता गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिएका छन । अहिले सुन्दरले बिजुली बस चार्जिङका लागि चाबहिल भत्केको पुल नजिक चार्जिङ स्टेसन सञ्चालनमा समेत ल्याइसकेको छ ।

उनका अनुसार बीएके कम्पनीमार्फत खरिद गरिएका बिजुली बस सोमबार पुलिस क्लब भृकुटीमण्डपबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले १ बजे उद्घाटन गरी सञ्चालन गरिने कार्यक्रम रहेको छ ।

भाडा भुक्तानी स्मार्ट कार्डबाट गराउने र नगद कारोबार नगर्ने कम्पनीको तयारी छ । यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्ने गरी प्रणाली विकास गर्न लागिएको छ । सुन्दर यातायाताले संचलनमा ल्याएको चार्जिङ स्टेशनमा एकै पटक ६ ओटासम्म सवारी साधन चार्ज गर्न सकिन्छ ।

चक्रपथमा दैनिक गुड्ने डिजल गाडीले ४ हजार रुपैयाँसम्म इन्धन खपत गर्छ भने विद्युतीय सवारी साधनले मात्रै ७ सयको विद्युत् खपत गर्ने कम्पनीको दावि छ । जसले गर्दा संचलन खर्च निक सस्तो पर्ने भएको छ ।

थापाका अनुसार एउटा बिजुली बस १ करोड २० लाख रुपैयाँमा खरिद गरिएको हो । अन्य सार्वजनिक यातायातको तुलनामा सुन्दर यातायातका बिजुली बसको भाडा ५ रुपैयाँ सस्तो हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL