Logo

भ्रमण बर्ष लक्षित गरि बन्द हिमाल खुलाउने तयारी, टुरिजम स्याटेलाईट एकाउण्ट यसै बर्ष संचालनमा

भ्रमण बर्ष लक्षित गरि बन्द हिमाल खुलाउने तयारी, टुरिजम स्याटेलाईट एकाउण्ट यसै बर्ष संचालनमा



काठमाडौं । सरकारले भ्रमण बर्ष लक्षित गरेर बन्द गरेका केही हिमालहरु आरोहणको लागि खुला गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) को ४१ औं वार्षिक साधरण सभामा सो कुरा बताएका हुन ।

laxmi

उनले भने, ‘हामी भ्रमण बर्ष लक्षित गरेर केही प्रतिबन्ध बनाएका हिमाली क्षेत्रलाई केही हद सम्म खुकुलो बनाउने छौं ।’ त्यस्तै उनले पर्यटकको सुरक्षाको लागि टुरिजम स्याटेलाईट एकाउण्ट र जिपिएस सिस्टम यही बर्षबाटै संचालनमा ल्याउने तयारी भएको समेत जानकारी दिएका छन ।

टुरिजम स्याटेलाईट एकाउण्ट र जिपिएस सिस्टम संचालनमा आए पछि कुन पर्यटक कहाँ पुगेको छ र उनिहरुको सबै विबरण थाहा पाउन सकिने भएकाले उक्त सिस्टमलाई यही बर्ष नै संचालनमा ल्याउने भएका हुन । साथै उक्त सिस्टमबाट पर्यटकको सुरक्षा समेत हुने भएकाले सरकारले सकेसम्म छिटो सो सिस्टमलाई संचालन गर्ने मन्त्री भट्टराईले जानकारी दिएका हुन ।

उनले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने भनिरहँदा नेपालमा समस्याको रुपमा रहेको भौतिकपूर्वधारलाई सबै मिलेर समस्याको समाधान गर्न समेत आग्रह गरेका छन । ‘नेपालमा समस्या छ पूर्वधार छैन सडक यातायात कमजोर छ ती समस्यालाई आन्तरिक ढङ्गले समाधान गरौं ।’ उनले भने, ‘हामी भन्दा साना मुलुकले करोडौ पर्यटक भित्रयाउँदा हामी किन पछि पर्ने हाम्रोमा भएका केही प्राकृतिक सम्पदा बेचौ हामी २० लाख भन्दा बढी पर्यटक भित्र्याउन सक्छौं ।

टानका अध्यक्ष नवराज दाहालले पर्यटन मन्त्रालयले आफुहरुको गुनासोको सुनुवाई नभएको बताए पछि मन्त्री भट्टराईले जनताको शासनमा कसैले हेपिएको महसुस गर्नु नपर्ने बताएका छन । उनले सबै एकै डुङ्गामा भएकाले सबै मिलेर जानु पर्ने भन्दै आगामी दिनमा आफ्नो पूर्ण सहयोग रहने बताएका छन ।

त्यस्तै हाल ३ हजार मिटर माथी जाँदा सहयोगि लगेर जानु पर्ने भए पनि पर्यटकहरु आफुखुसी गएको भन्दै मन्त्री भटेटराईले उक्त विषयमा टानले अघि सारेको मुद्दामा आफ्नो पूर्ण समर्थन रहेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL