Logo

निजगढ विमानस्थल निर्माणमा भ्रम नफैलाउन मन्त्री भट्टराईको आग्रह, २५ लाख रुख काट्ने हल्ला निराधार

निजगढ विमानस्थल निर्माणमा भ्रम नफैलाउन मन्त्री भट्टराईको आग्रह, २५ लाख रुख काट्ने हल्ला निराधार



काठमाडौं । निजगढ अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा २५ लाख रुख कटान गर्ने हल्ला निराधार भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन ।

laxmi

निजगढमा विमानस्थल बनाउँदा २५ लाख रुख कटानको विषयमा समेत कोहीसँग तथ्याङ्क नभएको बताउँदै उनले हच्चुवाको भरमा पछि नलाग्न आग्रह गरेका हुन । उनले भने, ‘कसैले २५ लाख रुख कटान गर्नु पर्छ भन्यो होला, त्यसैलाई अन्तिम निर्णय होला भनेर हामी सबै पछि लाग्यौं तर त्यो वास्तविक्ता तथ्याङ्क होईन ।’

उनले विदेशी पर्यटक भित्र्याउनकै लागि भए पनि निजगढमै विमानस्थल बन्ने बताएका हुन । नेपालसँग जलयातायात र सडक यातायातको अवस्था कमजोर भएकाले एक देशबाट अर्को देशमा पुग्न र पर्यटक भित्र्याउन विमानस्थल बनाउनु पर्नेमा जोड दिएका हुन ।

नेपाल वातावरण पत्रकार मञ्चले विमानस्थल बन्ने ठाउँको वातावरणीय प्रभावका बारेमा गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै सरकारले सबै कुरा बुझेरै निजगढमै विमानस्थल बनाउने निष्कर्षमा पुगेको बताएका हुन ।

मन्त्री भट्टराईले भने, ‘निजगढमा कति रुख कटान गर्नु पर्ने हो त्यसको बारेमा हामी स्थलगत अध्ययन गरौं, बरु २/३ दिन त्यतै गएर बसौं कति ठूला रुख र कति साना रुख कटान गर्नु पर्ने रहेछ ।’ तर विमानस्थल भने सोही स्थानमा बनाउने हो यसबाट सरकार पछि हट्दैन ।

त्यहाँ पर्यवरणीय क्षतिका बारेमा सरकार जानकार छ । तर हामी संरक्षणका योजना पनि सँगै लिएर जान्छौं’, उनले भने, ‘अहिले विरोध भएको छ । उहाँहरूलाई सम्झाउने प्रयास सरकारले गर्छ । तर सबैलाई सन्तुष्टिको ग्यारेन्टी लिन सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL