Logo

१३० जना यात्रु लिएर जापानको ओशाका उडान गर्दै वाईडबडी जहाज, टिकट बिक्री भने ९० मात्रै

१३० जना यात्रु लिएर जापानको ओशाका उडान गर्दै वाईडबडी जहाज, टिकट बिक्री भने ९० मात्रै



काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी जहाजले बिहीबार बिहान साढे २ बजे जापानको ओशाका उडान गर्ने भएको छ ।

laxmi

आजराती साढे २ बजे हुने उडानमा करिब १३० जना यात्रु रहने छन । निगमका प्रवक्ता गणेश बहादुर चन्दका अनुसार हाल सम्म ९० जनाले टिकट खरिद गरेका छन । बाँकी यात्रु भने निगम र मन्त्रालयलगायतका अन्य प्रतिनिधिहरु रहने छन ।

निगमका एक उच्च श्रोतका अनुसार निगमले आमजनतामा भ्रम फैलाउँदै निगमलाई भार पर्ने काम गरेको आरोप लगाएका छन । ‘निगमले अहिले सम्म करिब ३० ओटा भन्दा बढी टिकट बिक्री गर्न सकेको छैन १३० जनाको टिकट कहाँबाट ल्यायो’, श्रोतले भन्यो, ‘काठमाडौं–जापान एक पटक उडान अवतरण गर्दा करिब ३ देखि ५ करोड रुपैयाँ खर्च हुन्छ निगम आफैंले ब्यहोर्ने गरी ति सबै प्रतिनिधिलाई जापान घुमाउँदै छ ।’

निगम भने संचयकोष र नागरिक लगानीकोषबाट लिएको ऋण समेत तिर्न नसक्ने भन्दै सरकारसँग २० अर्ब रुपैयाँ सहयोग माग गर्दै आईरहेको छ । तर पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने निगमलाई एक पैसा पनि दिन नसक्ने बताउँदै आएका छन ।

निगमलाई टाँट पल्टाउने खेलमा लागेको भन्दै निगमभित्रै कार्यकारी अध्यक्ष मदन खरेलको विरोधगर्नेहरु नभएका भने होईन तर आफ्नो रोजीरोटीको पनि कुरा आउने भन्दै भित्री कुरा खोल्न नचाहेको श्रोतले जानकारी दिएका छन ।

तर निगमका प्रवक्ता चन्दले भने जापान उडानको तयारी पूर्ण रुपमा भएको र बजारमा आएको जस्तो २०÷३० ओटा मात्रै टिकट बिक्री नभएको बताउँछन । चन्दका अनुसार अहिले सम्म ९० ओटा टिकट गईसकेको र ५ बजे सम्म अझै बढ्न सक्ने बताउँछन ।

निगमको वाईडबडी ए ३३०–२०० जहाज मार्फत काठमाडौंबाट बिहीबार बिहान २ बजेर ३० मिनेटमा उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओशाका पुग्नेछ र ओशाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।

निगमले अहिले १ महिनाका लागि एकतर्फी भाडादर भने ३६ हजार ९ सय ९९ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL